बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

मानिस वेचविखन गरेको अभियोगमा सिरहाबाट दुई जना महिला पक्राउ

 २६ भाद्र २०७८, शनिबार  

सिरहा २६ गते ।
मानिस वेचविखन  गरेको अभियोगमा सिरहाबाट दुई जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मानिस ओसार पसार गरेको आरोपमा सप्तरी कञ्चनरुप नगरपालिका ११ बेङगरीकी २८ वर्षिय ललिता चौधरी र सिरहा धनगढिमाई नगरपालिका १ बाखैरकी ३५ वर्षिय उषा देवीलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठका अनुसार १६ र १९ वर्षीया दुई किशोरीलाई भारततर्फ लैजादैँ गरेको अवस्थामा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नरहा नगरपालिका ३ चोहर्वाबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

लहान आश्रममा मासिक ५० हजारको तलब दिने जागिर लगाई दिन्छु भन्दैँ फकाई उनीहरुले लैजादैँ गरेको दुवै किशोरीलाई प्रहरीले उद्धार गरिएको श्रेष्ठले बताए ।

मानव वेचविखन तथा ओसारपसार कसुरमा जिल्ला जिल्ला अदालत सिरहाबाट म्याद थप अनुमति लिई पक्राउ परेकी दुवै महिलामाथि यसबारे थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै