बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

रौतहटको गरूडा नगरपालिकालाई चुनौती बन्दै फोहोरमैला व्यवस्थापन

 २६ भाद्र २०७८, शनिबार  

भदौ २६ गते शनिबार ।
सहरबजारका बासिन्दाहरु स्वच्छ, हराभरा, वातावरणीय तवरले सन्तुलित, खुल्ला क्षेत्र तथा पार्क, सबै कुनामा पुग्न सक्ने भरपर्दो यातायात व्यवस्था, आर्थिक तथा सामाजिक तवरले जीवनस्तर वृद्धि गर्ने सम्भावना भएको सहरले चाहना राख्द छन् ।
तर, दुर्भाग्यवश रौतहट जिल्लाको ग़रूडा नगरपालिकामा यस्तो हुन सकिरहेको छैन । ग़रूडा बजार अचेल एउटा अव्यवस्थित तथा दुर्गन्धित र कुरुप ठाउँको रुपमा परिणत हुन गइरहेको छ ।

जताततै थुप्रिएको फोहोरका डङ्गुर, नाली तथा ढल फुटेको अवस्था, खाल्डाखुल्डी भएका सड्क, अव्यवस्थित यतायात प्रणाली आदि समस्याहरुबाट मानिसहरु आजित छन् ।
बजारीकरणको विकास तीव्र बन्दै जाँदा नगरपालिकालाई यहाँबाट निस्कने फोहोरमैला व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।

रौतहटको मध्य भागमा पर्ने गरुडा नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालयको नजिकै राखिएको फोहोर का कारण वातावरण प्रदुषित बन्दै गइरहेको छ ।

नगरपालिकाले जनता संग लाखौं कर उठाइरहेको भए ता पनि,फोहोरलाई व्यवस्थापन गर्नुको सट्टा नगर भरिको फोहोर उठाएर ईलाका प्रहरी कार्यालय अगाडि को चन्द्रपुर(गौर सडकखण्ड रोड को छेउमै फालिदिने गरेको छ। र फोहोरको व्यवस्थापन हुन नसक्दा वरपर जताजतै फोहोरका थुप्रोहरु देखिन थालेको छ ।

फोहोर व्यवस्थापन गर्न न सक्ने गरुडा नगरपालिका नमुना नगर पालिका रहेको भन्ने कुरा गफ मात्रै रहेको स्थानीय ले टिप्पणी गरेका छ। नगरपालिकाले यसरी नगर भरिकै सडेगलेका कुहिने वस्तुहरु,बजारमा फालिएको तरकारी को बोक्राहरु,प्लाष्टिकका खोलहरु, पेय पर्दाथका खाली बोतलहरु, पानीका प्लाष्टिकका बोतलहरु, रक्सी तथा वियरका बोतलहरु र अन्य फोहोर जन्य वस्तुहरु त्यस ठाउँमा ल्याएर फालिदिएको कारण फोहोरको सही व्यवस्थापन हुन नसकेर त्यस वरीपरीका वातावरण प्रदुषित भइरहेको त्यहाँका एकजना स्थानीयले बताएका छन।

समयमै त्यहाँको फोहोरको व्यवस्थापन भएन भने त्यस क्षेत्रको सुन्दरतामा मात्र न भइ त्यस क्षेत्रमा बसोबास गरिरहेको मानिसमा समेत असर गर्ने सम्भावना स्थानीयले बताए ।

तर नगरपालिकाले डम्पिङ साइटका लागि उपयुक्त जग्गा नपाउँदा फोहोर व्यवस्थापन हुन नसकेको नगरपालिका को नगर कार्यालयले लाचारी व्यक्त गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै