एमसीसी सम्झौता विरुद्ध युवा तथा विद्यार्थीद्वारा प्रदर्शन
न्युज डेस्क
२७ भाद्र २०७८, आईतवार

काठमाडौको माइतीघरमा शनिबारको दिन युवा, अभियन्ता, विद्यार्थीहरुले विभिन्न खाले प्रदर्शन गर्दै एमसीसी सम्झौताको विरुद्धमा उत्रिएका छन् ।
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी विद्यार्थी, अभियन्ता र प्रहरीबीच झडप भएको थियो। एमसीसी राष्ट्रघाती हो भन्दै सो विरोध कार्यक्रममा समाजसेवी अभियन्ता शिव यादव, आशिक अल्लि लगायतका विद्यार्थीहरुले आ-आफ्नो विचार प्रकट गर्दै समयमै सचेत हुन जनाएको थियो।
प्रदर्शनमा ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, नो एमसीसी’लगायत नारा लगाएका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप समेत गरेका थिए तर पनि प्रदर्शनकारी युवाहरूले नाराबाजी छोडेका थिएनन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै