जनता समक्ष प्रत्यक्ष लाभकारी योजना ल्याउने :- योजना आयोग शिवपुजन

शहबाज खान
कपिलवस्तु। जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
कृष्णनगरको उद्योग वाणिज्य संघको सभाहालमा जसपा नेपाल कृष्णनगर नगरसमितीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथी पुर्व मंत्री तथा जसपा नेपालका केन्द्रीय सदस्य र लुम्बिनी प्रदेश इन्चार्ज दानबहादुर चौधरी रहेका थिए । यस्तै विशिष्ट अतिथिमा लुम्बिनी प्रदेश योजना आयोग सदस्य शिवपुजन यादव पुर्व सांसद तथा जसपा नेपालका केन्द्रीय अनुशासन विभागका संयोजक नरसिंह चौधरी र जसपा नेपालका कपिलवस्तु जिल्ला इन्चार्ज तौफिक खान अतिथीमा सामसेवक यादव आरती सिंह जगदम्बा प्रसाद चौधरी छेदी यादव किशोर यादव लगायतका रहेका थिए । कार्यक्रम जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पुर्व मंत्री चौधरीले ” सधै लडयो अरुको लागि अब लडौ आफ्नो लागी ” मुल नाराका साथ बोल्दै आदिवासी जनजाति, मधेशी , मुस्लिम ,दलित आदिका हकहित दिलाउनका लागि जसपा नेपाल संघर्ष गरिरहेको र सबैको साझा पार्टीको रुपमा जसपा नेपाल नै विकल्पमा रहेको बताउनु भयो।
लुम्बिनी प्रदेश योजना आयोगका सदस्य शिवपुजन यादवले मुख्यमंत्री कुल बहादुर केसी विकासका लागि तत्पर रहेको बताउदै जनता समक्ष प्रत्यक्ष लाभकारी योजना ल्याउन लुम्बिनी प्रदेश सरकार पहल गरिरहेको छ। प्रदेशको विकास सबैको सल्लाह सहकार्य गरि मात्र अगाडी बढ़ने तथा क्यान्सर मुटुरोग मृगौला जस्ता प्राणघातक रोगको गरिब वर्गहरु उपचार गराउन नसक्ने रोगीहरुका लागि लुम्बिनी प्रदेश सरकारले तिन लाख अनुदान दिने कार्यक्रम ल्याइएको बताएका छन् । यसैगरी हामी सरकारमा आउन त आयौ तर साथसाथै समयको पनि अभाव रहेको छ । हामी आएको समयमा कार्य गर्नाको लागि धेरै चुनौती रहेको तर पनि यो कार्यकालमा सरकारले विशेष गरि आदिवासी जनजाति , मधेशी , मुस्लिम , दलित आदिको हकहितमा काम गर्ने पुर्ण तैयारी रहेको आयोगक सदस्य यादवले बताएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले उपस्थित प्रमुख अतिथी , विशिष्ट अतिथी , अतिथी तथा आएको सम्पूर्ण पदाधिकारीहरुको स्वागत गर्दै हृदय देखि धन्यवाद व्यक्त गर्दै यो क्षेत्रमा आज सम्म खासै विकास नभएको यहाका सोझा साझा जनतालाई चुनावमा झुठो अस्वाशन दिएर चुनावमा विजयी हुने काममा मात्रै सिमीत भएको आरोप लगाएका छन् । ६२ हजार भन्दा बढ़ी जनसंख्या भएको नगरपालिका भित्र क्याम्पस तथा सुविधा सम्पन्न अस्पताल तथा बाटोघाटों उचित व्यवस्थापन गराउन नसकेका जनप्रतिनिधिहरुलाई आउने चुनावमा यस्ता जनप्रतिनिधिहरुलाई बहिष्कार गरि जनताको बिच रही जनताको सुख दुखमा सहभागी हुनेलाइ मतदान गर्न अनुरोध गरेका छन् ।
यसैगरी प्रवक्ता पठानले जनताको समस्यालाई सर्वोपरि राख्ने उम्मेदवारलाई मतदान गर्न जसपाका सम्बन्धित सबैलाई आग्रह गर्दै चाइनाको विस्तारवादी निती रहेको र यसबाट नेपाललाई समेत खतरा रहेको बतएका छन् । चाइनामा उइगर मुस्लिम समुदाय माथि दमन भैरहेको र चाइनाले उइगर मुस्लिम समुदायको धार्मिक शिक्षामा , धार्मिक , सांस्कृतिक सभा गर्नामा बाधा व्यावधान पुर्याउने गरेको समेत पठानले बताए । चाइनाले कुनै पनि देशमा आफ्नो आर्थिक लगानी गर्दै अनेकौ किसीमको कार्यक्रम र सहयोग गर्दै ति देशमा आफ्नो हस्ताक्षेप गरि देश माथि नै कब्जा गर्ने योजनाका साथ अघि बढीरहेको बताउदै हाड़कांग र तिब्बत यस्को उदाहरण रहेको पठानले बताएका छन् । चाइनाले उइगर समुदायका मुस्लिमहरुलाई देशबाट पाउने सेवा सुविधामा कटौती समेत गरेको प्रवक्ता अकरम पठानले बताएका थिए।
कार्यक्रममा वृजेश कुमार गुप्ता , नदिम अरसद इदरिशी , जीवन श्रीवास्तव , दिपेंद्र चौधरी , मुन्ना लाल यादव , रेखा माली , राजमती केवट, दशरथ यादव लगायत सयौ कार्यकर्ता , समाजसेवी ,बुद्धिजीवी ,पत्रकारहरुको उपस्थिति रहेको थियो। सो कार्यक्रम बजरंगी गुप्ताले संचालन गरेका थिए।