सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

महोत्तरीको विद्यालयमा प्रदेश सरकारद्धारा साईकल वितरण

 २७ भाद्र २०७८, आईतवार  

राजेन्द्र कुमार ठाकुर

महोत्तरी। महोत्तरीको भंगाहा नगरपालिका वडा न. १,२,६र ८ को छात्राहरुलाई श्री महेन्द्र मा. बि. सिंग्याहीमा प्रदेश सरकारद्धारा साईकल वितरण गरिएका छन ।

आइतबार श्री महेन्द्र मा.बि. सिंग्याही महोतरीमा “बेटी पढाउ बेटी बचाउ कार्यक्रम” अन्तर्गत साईकल बितरण कार्यक्रममा भंगहा नगरपालिकाका नगर प्रमुख श्री संजिव कुमार साहको प्रमुख आथित्यमा ५५ थान साईकल बितरण गरेका छन्।

साथै श्री महेन्द्र मा.बि. सिंग्याहीका तथा वडा न १,२,६ र ८ का बिधालयका छात्र र छात्रा गरि एक एक जना उत्कृष्ट रिजल्ट ल्याउनेलाई पुरस्कृत गर्ने घोषणा गर्नुभयो । भंगाहा नगरपालिका वडा न. १ सिंग्याही स्थित श्री महेन्द्र मा.बि. र अन्य वडाको बिधालयमा अध्यनरत छात्राहरूलाई समेत एक कार्यक्रमबीच साईकल वितरण गरिएको छ ।

‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत प्रदेश न. २ का भंगाहा नगरपालिकाका मेयर संजीब कुमार साहले विद्यालयको कक्षा ८ मा अध्यनरत छात्राहरुलाई साईकल वितरण गर्नुभएको हो ।

साईकल वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर साहले गुणस्तरीय शिक्षाका साथै छोरीहरुको मनोवल बढाउन साईकल वितरणले ठुलो सहयोग मिल्ने बताए । शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै उनले छोरीलाई शिक्षित र सबल बनाउन नै ‘बेटी पढाउ, बेटी बचाऊ’ अभियान ल्याइएको बताए।

महिला सशक्त भए मात्र प्रदेशको विकास सम्भव रहेको दोहो¥याउँदै साहले भने , ‘साइकलले महिला सशक्त नभएपनि समाजिक रुपान्तरणका लागि सहयोगी हुन्छ ।’ त्यसैले हाम्रा समाजमा महिलालाई सम्मान गर्ने बानि विर्सिदै गईरहेको प्रति उहाले सम्मानका साथ बालबालिकाहरुलाई विद्यालय पठाउन सबै अभिभावहरुलाई आग्रह समेत गरेका थिए।

साईकल वितरण कार्यक्रममा भंगाहा नगरपालिका वडा न. १ सिंग्याहीका अध्यक्ष, तथा प्रदेश सांसद,विद्यालयका बिधालय ब्यबस्थापनका अध्यक्ष तथा सदस्य लगायत विद्यालयका प्रधानाध्यापक समेतको र स्थानीयहरुको सहभागिता रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै