बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

नक्कली नोटको काराबार गर्ने ५ जनालाई बारा प्रहरीले निजगढ नगरपालिकाबाट पक्राउ

 २८ भाद्र २०७८, सोमबार  

भादौ २८ गते सोमवार।
नक्कली नोटको काराबार गर्ने ५ जनालाई बारा प्रहरीले निजगढ नगरपालिकाबाट पक्राउ गरेको छ । निजगढ नगरपालिका वडा नम्बर ८ स्थित तारा इन होटलबाट नक्कली नोटको कारोबार गर्ने ५ जनालाई नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहट गुजरा नगरपालिका वडा नम्बर ३ बलुवा टोलमा बस्ने २४ बर्षीय सुनिल कुमार राम, ३६ वर्षीय रबिन्द्र कुमार चौधरी बाराको करैयामाई गाउँपालिका वडा नम्बर ५ मा बस्ने ३६ बर्षीय विशेश्वरप्रसाद चौधरी , कलैया उपमहानगरपािलका वडा नम्बर ९ रामपुर टोलमा बस्ने २४ बर्षीय सागर शुक्ला कलैया उपमहानगरपालिका वडा नम्बर ९ टेङरहर टोल घर भई हाल विश्रामपुर गाउँपालिका वडा नम्बर ५ ईटियाही टोलमा बस्ने २५ बर्षीय राजु कुशवाहा रहेका छन् ।विशेष सूचनाका आधारमा शनिवार दिउसो २ बजे तारा ईन होटलबाट उनीहरूलाइ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरू केही दिनदेखि कोठा भाडा लिई नेपाली नक्कली नोटको कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय निजगढका प्रहरी टोलीले होटलको खानतलासी गरेको थियो । उनीहरूले झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा नक्कली नेपाली रुपियाँ एक हजार दरको २५ थान नोट फेला पारेको थियो ।
उनीहरुले प्रयोग गरेको सोही होटलमा पार्किङ गरेको बा -९१ प ७४३५ नं. को मोटरसाइकल १ र बा १४ च ९३८२ नं. को स्कारपियो गाडी थान १ समेत बरामद गरेको प्रहरीले बताएको छन् ।

उनीहरुको बयानका आधारमा सुनिल कुमार रामको घरमा नक्कली नोट बनाउने कागजातहरू लुकाइ छिपाई राखेको भन्ने जानकारी प्राप्त हुनासाथ सम्बन्धित इलाका प्रहरी कार्यालय बिजयपुर लक्ष्मीनिया रौतहटसँग समन्वय गरी तत्काल खानतलासी गर्दा एक हजार दरको नोट अकारको प्रति गड्डी एक सय थान भएको जम्मा ९३ गड्डी कागज, नेपाली रुपियाँ १०० दरको नोट थान ३९ र सुपर स्पलेण्डर मोटरसाइकल थान-१ र प्रदेश २-०३-००१प ४२६५ नं.को २२० सीसी पल्सर मोटरसाइकल थान-१ समेत बरामद गरिएको प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै