बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु एकको उपचार

 २८ भाद्र २०७८, सोमबार  

भादौ २८ गते सोमवार ।

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । धनकुटा साँगुरीगढी गाउँपालिका वडा नमबर ६ मा यात्रु बाहक बस र मोटरसाइकल आपसमा ठोक्किदाँ धनकुटा सहिदभूमि गाउँपालिका वडा नम्बर ४ निवासी ३६ वर्षीय गणेशमान राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

संखुवासभाबाट धरानतर्फ आउँदै गरेको को१ख ४८८९ नम्बरको बसलाई सोही दिशाबाट आउँदै गरेको को१९प ९४२८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा बसमा ठोक्किएको थियो ।
आइतबार बेलुका करिब ४ः४५ बजेतिर भएको दुर्घटनामा मोटरसाइकल पछाडि सवार गणेशमान गम्भीर घाइते भएका थिए । घाइतेलाई उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याएपनि उपचारकै क्रममा हिजो बेलुका ६ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सामान्य घाइते भएको मोटरसाइकल चालक इलाम चुलाचुली गाउँपालिका वडा नम्बर ६ मा बस्ने ३३ वर्षीय रत्नकुमार राईको सोही अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै