बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

स्रोत नखुलेको ५ लाख रकमसहित १ जना पक्राउ

 २८ भाद्र २०७८, सोमबार  

पर्सा २८ भदौ । नेपालको प्रमुख प्रवेशद्वार वीरगञ्जको शंकराचार्य गेटबाट पर्सा प्रहरीले ५ लाख अवैध रकमसहित १ जनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचाय गेटमा खटिएको नियमित चेकिङ्ग टोलीले ना. २५ प ८७६२ नम्बरको डिस्कभर मोटरसाइकल रोकि जाँच गर्ने क्रममा स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँ फेला परेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।
खनालका अनुसार पक्राउ पर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर २ बस्ने ४३ वर्षीय महमद आसिफ अन्सारी रहेका छज् ।
हेल्मेटभित्र लुकाएर ल्याउँदै गरेको रकमसहित अन्सारीविरुद्ध बैंक तथा वित्तीय सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान थालिएको प्रवक्ता खनालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै