बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

एमालेको वुद्धिजीवि शाखा कमिटी इटहरीको अगुवा कार्यकर्ता भेला सम्पन्न

 २९ भाद्र २०७८, मंगलवार  

सुनसरी। नेपाल कम्युनिष्ट पार्टी एमालेले वुद्धिजीवि शाखा कमिटीले इटहरीमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेका छन्।

नेकपा एमाले वुद्धिजीवि शाखा कमिटी इटहरीकाे आयाेजनामा शनिबार इटहरीको पार्टीका कार्यालयमा भेला सम्पन्न गरेका छन्।
नेकपा एमाले इटहरी बुद्धिजीवी शाखाका अध्यक्ष चेतनाथ भट्टराईको अध्यक्षता सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला सह-इन्चार्ज तैयब हुसेन,विशिष्ट अतिथी प्रदेश सभा सदस्य सर्वध्वज सावा र नेकपा एमालेका सुनसरी जिल्ला अध्यक्ष रेवती रमन भणडारी रहनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला सह-इन्चार्ज तैयब हुसेनले माधव नेपालकाे सत्तामोहकै कारण एमाले फुटेर देश अस्थिरता तिर गएको बताए। उनले अब माधवको साथमा बस्नुको कुनै औचित्य छैन देश विकासको निम्ति सबै कमरेडहरु एमालेमै रहेर आगामी चुनावमा सुर्यध्वजावाहक उमेदवारलाई विजयी गराउनका लागि गोलबद्द भएर अघि बढ्न जरुरी रहेको बताए।

कार्यक्रमको विशिष्ट अतिथी प्रदेश सभा सदस्य सर्वध्वज सावाले जनताको काम गर्ने र देशलाई  कठिन परिस्थीतीमा पनि बचाउने पार्टि एमाले नै हो, एमालेमा जनताको लहर देखेर अरु पार्टिहरु अत्तालिएका छन् ।’ छटपटिएका अरु दलहरुले एमाले विरुद्धका गतीविधिहरु बढाइरहेको भन्दै सावाले सजग भएर सबैको हित हुने काममा लागी पर्न एमालेका कार्यकर्ताहरुलाइ अनुरोध गरेको बताए।

त्यसैगरि विशिष्ट अतिथि नेकपा एमालेका सुनसरी जिल्ला अध्यक्ष रेवती भणडारीले देश विकास र सुशासनको लागि केपी ओलिको नेतृत्व रहेको एमाले पार्टीले मात्र गर्न सक्ने भएकोहुँदा सबैलाई एमालेमै रहेर अघि बढ्नु पर्नेमा जाेेेड दिएको बताए।

कार्यक्रममा नेकपा एमाले सुनसरीका सचिवालय सदस्य रामप्रसाद चौलागाईं, नेकपा एमाले इटहरीका अध्यक्ष यामकुमार सुब्बा अनेरास्ववियुका केन्द्रिय सदस्य तथा पुर्व जिल्ला अध्यक्ष जिबी गजल लगायतका नेताले मन्तव्य राखेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै