सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

एमालेको क्षेत्रीय बिस्तारित भेला सम्पन्न

 २९ भाद्र २०७८, मंगलवार  

सुनसरी। नेकपा एमाले सुनसरीको संघीय क्षेत्र नम्बर ४ को क्षेत्रीय बिस्तारित भेला कार्यक्रम सम्पन्न भएको छ। सोमबार पार्टी कार्यालयलमा सो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सल्लाहकार रमेश श्रेष्ठले नेपालको राष्ट्रिय स्वाभिनतालाई मध्यनजर गर्दै देश निर्माणको अभियानमा लाग्नुपर्ने बताए । उनले भने जिल्लाको आर्थिक, शैक्षिक, सामाजिक एवं राजनैतिक विकासका लागि सबैको सहयोगको आवश्यक रहेको बताउदै वडा देखि गाउँ तहसम्म पार्टी परिचालन गरेको भन्दै एमालेको नेतृत्व भएमा मात्रै देश विकास हुने बताउदै विकास र सुशासनको लागि नेकपा एमालेको नेतृत्व आवश्यक रहेको बताए।

त्यसैगरि नेकपा एमाले केन्द्रिय सदस्य, प्रदेश १ का पुर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री तथा सुनसरी जिल्ला ईन्चार्ज जगदीश कुसियैतले आगामी कुनै पनि निर्वाचनमा नेकपा एमालेको निति नेपाली जनताको पक्षमा भएकाले एमालेको नेतृत्वको लागि जनताले अमुल्य मत दिई पहिलो पार्टी बन्ने निश्चित भएको बताए। जनताका हक अधिकारलाई स्थापित गर्नका लागि जनताकै घरदैलोमा पुगेर कार्य गर्नुपर्नेमा जोड दिएको बताए ।

उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तैयब हुसेन, सरोज पोखरेल, जिल्ला अध्यक्ष रेवती भण्डारी, इनरुवा नगर सचिब मेघराज न्युपाने, सरिता घिमिरे, अजय कुसियैत लगायत नेताहरुको उपस्थिति रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै