बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

इनरुवा अस्पतालका करार कर्मचारीको जागीर संकटमा

 २९ भाद्र २०७८, मंगलवार  

सुनसरी। सुनसरीको सदरमुकाम इनरुवामा रहेको जिल्ला अस्पतालको अवस्थामा सुधारको माग गर्दै आन्दोलन सुरु भएको वर्षौ वितेको छ । यतीका दिनसम्म इनरुवा अस्पताल सुधार गर्नका लागि भन्दै अस्पताल सुधार सर्घष समिति निरनतर शान्तीपुर्ण आन्दोलनमा रहेको छ । यही आन्दोलनको क्रममा असोज ५ गतेबाट कडा आन्दोलन गर्ने र अनसनसम्मको कार्यक्रम गर्ने तयारी भएकोमा सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षिय छलफल भएको छ ।

छलफलका क्रममा विभिन्न पाँच सवाललाई तत्काल सम्बोधनका लागि पहल गर्ने सहमती गरेका छन् । तत्काल अस्पातलमा कार्यरत्त तर ऐन, नियम, कानुन र अनुसाशन समेत पालना नगर्ने करार र ज्यालादारीका कर्मचारी हटाई नयाँ कर्मचारी भर्नाको प्रकृया अगाडी बढाउने, अस्पातलको नाममा रहेको जग्गा छुट्याउनका लागि अस्पातल संचालन समितिले प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्ने र प्रशासनले नापी गरी एकिन गरिदिन नापी कार्यालयलाई निर्देशन दिने, प्रदेश सरकार र स्थानीय सरकार इनरुवा नगरपालिकाले विषेशज्ञ डाक्टरका लागि पहल गर्ने , ल्याव, फार्मेसी तथा विमा काउण्टरलाई नियमित गर्ने, अस्पातलमा नियमित अनुगमनको वतावरण निर्माण गर्ने लगायतका विषयमा सरोकारबालाहरुको बीचमा छलफल भएको छ ।

छलफल पनि कार्ययोजना बनाउन र त्यसको तयारी गर्न स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईलाई जिम्मा दिएको बैठकमा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिनुभयो । पोख्रेलका अनुसार पहिलो काम इनरुवा अस्पताल सुधारका लागि कारर र ज्यालादारी कर्मचारीलाई हटाई नयाँ कर्मचारी भर्नाको प्रकृया अगाडी बढाउने, इनरुवा नगरपालिकाले ल्याएको थाईराड परिक्षण गर्ने मेसिन अस्पातलमा हस्तान्तरण गर्ने, ल्याव र फर्मेसी २४ घण्टा संचालनका लागि प्रयास गर्ने, चिकित्सकका लागि सम्बन्धीत निकायलाई आग्रह गर्ने र नआएसम्म हालको अवस्थामा नगरपालिकाले ३ जना विषेशज्ञ र प्रदेश सरकारको दुई वा तीन जनासम्मलाई व्यवस्था गर्ने बारेमा सरोकारबालाहरुको बीचमा सहमती भएको छ । सर्वपक्षिय छलफलमा अस्पातल समितिका तर्फबाट तोया गिरी, पर्शुराम यादव, रामप्रसाद मेहता, प्रहरी उपरीक्षक संजय सिंह थापा, इनरुवा नगरपालिका प्रमुख राजन मेहता, सहायक प्रजिअ पोखरेल,अस्पताल विकास समितिका पूर्व अध्यक्ष सरोज सिंह, सर्घष समितिका तर्फबाट पूर्व प्रधानाध्यापक सेमन्त बराल, राजेन्द्र श्रेष्ठ, भुवनेश्वर यादव, सन्तोश यादव, रामश्वरुप साह, पत्रकार जयकृष्ण यादव, अस्पतालका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा समितिका तर्फबाट संयोजक दिलिपचन्द साहुले आफ्नो २५ वुदे माग सम्बोधन गर्न, अस्पतालको बेथिति अत्य गर्न आग्रह गर्नुभएको थियो । इनरुवा नगर प्रमुख राजन मेहताले अस्पतालमा माफिया समूह हावी भएकाले अस्पतालका लेखा र प्रशासन शाखा प्रमुखलाई तत्काल सरुवा गर्नुपर्ने, उपकरणहरुलाई संचालन गर्नुपर्ने, भएको स्रोत साधनको परिचालन गर्नुपर्ने र अभावलाई पुर्तीका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो ।

स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईले दक्ष जनशक्तिको अभावमाम अस्पातल नचल्ने भएकाले त्यसमा ध्यान दिनुपर्ने, सरकारले दिएको दरबन्दीमा परिपुर्तीका लागि पहल गर्नुपर्ने जाानकारी दिनुभयो । वहाँले यो वर्ष सरकारले इनरुवा अस्पतालमा अक्सिजन पलाण्ट निर्माणका लागि एक करोड ५० लाख, आईसीयुका लागि ५० लाख, दोस्रो तल्ला चढ्न लिफ्टका लागि २० लाख र फोहोर व्यवस्थापन केन्द्रका लागि २५ लाख बजेट विनियोजन गरेकाले केही समस्या यसबाट पनि समाधान हुने बताउनुभयो ।

समितिका सदस्य पर्शुराम यादवले कार्यकर्ता भर्ना बन्द नभएसम्म र इमान्दारिपूर्वक काम नभएसम्म सुधार असम्भव रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले काम नगर्ने र अनुसाशनमा नबस्नेलाई काम राखिरहने कुरा नभएकाले त्यसो अटेर गर्नेहरुलाई कार्वाही गर्न निर्देशन दिनुभयो । वहाँले आन्दोलनले मात्रै सबै कुरा नहुने भएकाले सर्घष समितिले उठाएका सबै कुरा जायज भएपनि एकै पटक सम्बोधन नभएपनि क्रमशः सम्बोधन गर्दै जाने बताउनुभयो । प्रहरी उपरीक्षक संजय सिंह थापाले सबै व्यवस्थापमा ध्यान दिनुपर्ने र रोस्टर अनुसार काम गरे केही हदसम्म समस्या कम हुने सुझाव दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै