बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

कपिलवस्तुमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

 २९ भाद्र २०७८, मंगलवार  

कपिलवस्तु २९ गते मङ्गलबार ।
ट्रकको ठक्करबाट कपिलवस्तुमा एक जनाको मृत्यु भएको हो। र दुई जना घाइते भएका छन् ।
बाणगंगा ८ चप्परगाउँमा मंगलबार बिहान भएको दुर्घटनामा परी स्थानीय सुदीप थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । ग १ त ५६०३ नम्बरको ट्रकको ठक्करबाट थारु गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले जानकारी दिए ।

घाइते थारुलाई उपचारको लागि कपिलवस्तु सामुदायिक अस्पताल जितपुरमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको कार्कीले बताए ।

कार्कीका अनुसार दुर्घटना परी घाईते भएका अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।घटना पश्चात् फरार भएको ट्रक र चालकको खोजी सुरु भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै