सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

भारतमा लगेर १३ वर्षीया बालिकालाई बेचेको आरोपमा सुर्खेतबाट एक जना महिला पक्राउ

 २९ भाद्र २०७८, मंगलवार  

सुर्खेत २९ गते मङ्गलबार ।
भारतमा लगेर १३ वर्षीया बालिकालाई बेचेको आरोपमा सुर्खेतबाट एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मानव बेच बिखन गरेको अभियोगमा भेरीगङ्गा नगरपालिका ६ सुर्खेतकी ५० वर्षीया महिलालाई हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

ती महिलाले २०७१ जेठ १८ गते गुर्भाकोट नगरपालिका वडा नमबर ९ मा बस्ने १३ वर्षीया बालिकालाई जागीर लगाई दिन्छु, भन्दैँ ललाईफकाई भारतको दिल्ली लगी बेचेकी थिइन् ।“विसं २०७१ जेठ १८ गतेको घटनालाई उल्लेख गरेर आरोपित महिला विरुद्ध गुर्भाकोट नगरपालिका ९ का ५८ वर्षीया महिलाले विसं २०७७ माघ २६ गते सुर्खेत जिल्ला प्रहरी कार्यालयमा बालिकालाई बेचबिखन गरेको भनदैँ उजुरी दिएकी थिइन्”, प्रहरी नायब उपरीक्षक घर्तीले बताए ।

जाहेरी परेसंगै खोज तलास गरेपछि, बालिकाको पत्ता लगाउँन नसकेपनि बेचिएको सात वर्षपछि पीडित बालिका भारतबाट यही भदौ २३ गते नेपाल आएकी घर्तीले जनाए ।

प्रहरीका अनुसार पीडित बालिका बेचिएको ठाउँमा १५ महिना बसेपछि, सो स्थानबाट भागेर मुम्बईमा काम गरी सात वर्षपछि स्वदेश फर्केकी छन् ।
पक्राउ परेकी ती आरोपी महिलामाथि यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै