बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

वीरगञ्जबाट भारतीय नोटसहित एक जना पक्राउ

 ३० भाद्र २०७८, बुधबार  

वीरगञ्ज ३० गते बुधबार।
भारतीय नोटसहित वीरगञ्जबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नम्बर ४ निवासी २५ वर्षीय अजयकुमार शर्मालाई प्रतिबन्धित नोटसहित हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले सवारी चेक जाँच गर्ने क्रममा भारतबाट वीरगञ्जतर्फ आउदैँ गरेको ना १५ प २३७२ नम्बरको मोटरसाइकलमा सवार शर्मालाई रोकी चेक जाँच गर्दा भारतीय नोट फेला परेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
निजको साथबाट १ लाख ४८ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरिएको खनालले बताए।
यसबारे आवश्यक अनुसन्धानको लागि उनलाई राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै