डिभिजन वन कार्यालयद्वारा ठुलो परिमाणमा काठ बरामद
न्युज डेस्क
३० भाद्र २०७८, बुधबार

चन्द्रपुर ३० गते बुधबार ।
डिभिजन वन कार्यालय रौतहटले ठुलो परिमाणमा चिरानको काठ बरामद गरेको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटार सब–डिभिजन वन कार्यालय अन्तर्गत रहेको हिलेखोला जंगलबाट डिभिजन वन कार्यालय रौतहटबाट खटिएको वन गस्ती टोलिले साल जातको चिरानको ५१ थान कडी बरामद गरेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएका छन् ।
बुधबार विहान वन कर्मचारी रनजित राय यादब र जमदार जयलाल पटेलको नेतृवमा गएको गस्ती टोलिले चिरान ४६.०४ क्युफिट काठ बरामद गरेको बताएका छन् ।
वन गस्ती टोलिले सोही स्थानबाट ११ थान साईकल र एक जना मानिसलाई समेत पक्राउ गरेको बताए । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नम्बर ३ सुत्नेखोलामा बस्ने ४३ वर्षिय लाल बहादुर बम्जन रहेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै