बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

पर्साबाट ३८ लाख रुपैयाँसहित २ जना पक्राउ

 ३१ भाद्र २०७८, बिहीबार  

पर्सा ३१ गते बिहीबार।
स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पर्साको वीरगञ्ज ६ माइस्थान चोर स्थित रहेको कन्हैयाप्रसाद सोनारले घरमै संचालन गरेको सुनचाँदीको पसल (केपी स्वर्ण कला)केन्द्रमा हुण्डी कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो ।

सो पसलमा प्रहरीले छापामारी गर्दा केन्द्रका सञ्चालक कन्हैयाप्रसाद सोनार र बाराको परवानीपुर ३ निवासी दिपककुमार सर्राफलाई अवैध रकमसहित नियनत्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

उनीहरुको साथबाट ३८ लाख ५१ हजार १ सय रुपैयाँ बरामद गरिएको छ । पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै