सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

माधव नेपालले उद्‍घाटन गरे पार्टी केन्द्रीय कार्यालय, भाडा महिनाको तीन लाख

 १ आश्विन २०७८, शुक्रबार  

काठमाडौं, नेकपा ९एकीकृत समाजवादी० को नयाँ पार्टी कार्यालय उद्‍घाटन गरिएको छ। अध्यक्ष माधवकुमार नेपाल शुक्रबार बिहान नयाँ बानेश्वरस्थित आलोकनगरमा उनले पार्टीको कार्यालयको उद्‌घाटन गरेका हुन्।

पार्टी कार्यालय सञ्चालनमा आएको अवसरमा अध्यक्ष नेपालले जनतालाई दशथरी कुरा गरेर नअल्मल्याउने पनि बताए। उनले राष्ट्र र जनता नै पार्टीका गतिविधिको केन्द्रमा रहने बताए।

‘कुनै पद प्राप्तिका लागि यो पार्टी गठन भएको होइन। देश र जनताप्रति समर्पित हुने हो। यही भावनाअनुसार अगाडि बढ्ने हो,’ अध्यक्ष नेपालले भने।

उनले सबै सकरात्मक शक्तिसँग पार्टीले हातेमालो गर्ने र पाँच दलीय गठबन्धनलाई चुनावसम्म नै लैजाने उनले बताए।

एकीकृत समाजवादीको पार्टी कार्यालय रहेको घर तीन तले छ। अर्को निर्माणाधीन घर पनि भाडामा लिएइएको छ।

एकीकृत समाजवादीका नेता बेदुराम भुसालले पार्टी कार्यालयको मासिक भाडा तीन लाख रुपैयाँ रहेको जानकारी दिए।

पार्टी कार्यालय रहेको घर पूजा थापा बस्नेतको नाममा छ। नेता भुषालले घरबेटी आफ्नो पार्टीनिकट नरहेको बताए।

‘पार्टीमा उहाँको संलग्नता थाहा छैन। हामीले भाडा तिर्ने सम्झौता गरेर पार्टी कार्यालय खोलेका हौं,’ भुसालले भने।

चार८ तले घरमा १२ वटा कोठा छन् भने अर्को घरको पहिलो तलामा तीन कोठा बनिसकेका छन्। माथिल्लो तलामा हल बनाउने काम भइरहेको छ।

एकीकृत समाजवादीका अर्का नेता राजेन्द्र पाण्डेले पाँच वर्षका घर भाडामा लगिएको जानकारी दिए।

नेकपा एमालेका तत्कालीन वरिष्ठ नेता नेपालले पार्टी विभाजन गरेका थिए। उनी नेतृत्वको पार्टी भदौ ९ गते निर्वाचन आयोगमा दर्ता भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै