सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

विश्वकर्मा पूजाको अवसरमा बिन्धी गाउँमा धार्मिक मेला आयोजना

 १ आश्विन २०७८, शुक्रबार  

धनुषा। जनकपुरसहित देशभर आज ज्यावलका देवता विश्वकर्माको पूजाआराधना गरिँदैछ । प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन यो पर्व मनाउने हिन्दू–मैथिल परम्परा छ।

हिन्दु धार्मिक परम्पराअनुसार प्रत्येक वर्ष असोज १ गतेको दिन ‘विश्वकर्मा’ पूजा धुमधामका साथ मनाउने गरिन्छ। यस पर्वका अवसरमा जनकपुरधाम उपमहानगर-२३ बिन्धी गाउँमा धार्मिक मेला आयोजना गरिएका छन्।

विश्वकर्मा पूजनोत्सव विशेष समारोहबीच धार्मिक विधिबाट गरिँदैछ । पर्वका अवसरमा ज्यावलबाट सामान उत्पादन गरिने स–साना उद्योग, अन्नपात कुटान÷पिसान र पेलान गर्ने मिल, यातायातका साधन तथा धातुबाट बनेका स–साना ज्यावललाई पनि धोइपखाली पूजा गर्ने मैथिल परम्परा छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै