चोरिएको मोटरसाइकलसहित एक जना पक्राउ
न्युज डेस्क
१ आश्विन २०७८, शुक्रबार

रौतहट असोज १ गते।
रौतहटबाट चोरिएको मोटरसाइकलसहित आज एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नम्बर ५ मा बस्ने १९ वर्षीय रुपक झालाई चोरिएको मोटरसाइकलसहित हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
रौतहटको गौर नगरपालिका वडा नम्बर ३ विपी चोक स्थितमा ना.५२ प १५९८ नम्बरको पल्सर मोटरसाईकल टिकुलीया पेट्रोल पम्प नजिकबाट चोरी गरी ल्याउदै गरेको अवस्थामा झालाई आज दिउँसो करिब १ बजेतिर पक्राउ गरिएको हो ।
पक्राउ परेको झामाथि यसबारे अनुसन्धान सुरु भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै