विद्यार्थी वीर सहिद कामेश्वर र कुशेस्वरको आज ४९औं स्मृति दिवस
धनुषा। महान् सहिद कामेशवर मंडल एवं कुशेस्वर यादवको आज ४९औं स्मृति दिवस भएको छ।
तत्कालीन पंचायत सरकारले तानाशाह शिक्षा नीति ल्याएको विरोधमा कामेशवर मंडल एवं कुशेस्वर यादवले गत वि.सं. २०२९ असोज १ मा सहादत प्राप्त गर्नुभयो। सो घटनाको सम्झनामा हरेक वर्षको असोज १ गतेका दिन यदुकोहामा विद्यार्थी, शिक्षक,नागरिक, समाजसेवी, राजनीतिकर्मीको भेलामा सम्मवेदनासहित श्रद्धाञ्जलीको विभिन्न कार्यक्रम आयोजना गरिन्छ।
पंचायत सरकारले ल्याएको शिक्षा नीतिलाई सच्याएर जनताकाे सन्तानलाई कक्षा १ देखि ५ सम्म नि:शुल्क शिक्षा दिने, गरिबको बालबालिकाले नि:शुल्क पठनपाठन गर्न पाउने जस्ता शिक्षा सम्बन्धित विभिन्न अभियान वीर सहिद कामेशवर एवं कुशेस्वरले चलाउनु भएको थियो। त्यतिबेला विद्यार्थी आन्दोलनकै क्रममा वीर शहिद कामेश्वर मण्डल र कुशेश्वर यादव विद्यार्थी जीवनमा नै सहादत भएका थिए।