बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

नेपाल कृषिप्रधान देश भएपनि यहाँ बढ्दैछ भाउ, विदेशबाट अर्बौको कृषि उत्पादन आयात किन ?

 १ आश्विन २०७८, शुक्रबार  

हाम्रो देश नेपाल कृषिमा सम्भावना नै सम्भावना बोकेको देश हो । हाम्रो देश नेपालमा समग्र अन्य देशहरुमा पाइने हावापानी पाइन्छ । त्यस्तो विशेषता रहेको छ । कुरा विशेषताको होइन कुरा सोचको हो ।

इजरायलमा ३% ले खेती गर्छन बाँकी ९७ प्रतिशतलाई समेत खान पु¥याई अन्य देशमा निर्यात गर्दछन् तर नेपालमा हामी ६५ प्रतिशतले खेती गर्दछौ, खान नपुगेर विदेशबाट अर्वाै अर्वको कृषि उत्पादन आयात गर्दछौ । यो लाजस्पद कुरा हो । हावापानी, माटो तथा भुगोललाई हेर्दा विश्वमा हुने कृषि उत्पादन नेपाल सिंगो एउटा देशमा हुन्छ ।

हाम्रो देश सोचाइमा गरिब छ । नेपाली सरकार लोभी पापी र भ्रष्टचारमा लिप्त हुदै अगाडी बढेको छ । राम्रो काम गर्नेको सम्मान छैन । इमान जमान नभई सम्पत्तिको मुल्यांकन हुने गर्दछ । नीति तथा योजनाकारहरु सर्वमान्य हुन सकेको छैनन् कहाँबाट आफुलाई फाइदा हुन्छ र कमिसन आउँछ त्यतै तिर योजना निर्माण गर्दछन । तल परेको स्वर विहिन समुदायलाई ध्यान दिइन्न त्यो वर्ग भनेको कृषि कर्मबाट जीविका चलाएको किसान हो । किसान अन्न दाता हुन जुन देशमा किसान वा अन्यदातालाई रुवाइन्छ, उनीहरुको मुहार हसिलो हुँदैन त्यो देश पछाडी पर्छ । हाम्रो देश पनि त्यसरी नै पछाडी परेको हो ।

नेपाली कृषिपछि पर्नुमा के कुरा बाधक भएको छ ? नेपाली कृषि पछि पर्नुको कारण कृषि सम्वन्धी नीति नियम नेपाली किसानको अवस्था, क्षमता, नेपाली माटो तथा भूगोल सुहाउँदो नवन्नु । नेपाली कृषि र किसानको लागि बन्ने नीति तथा कार्यक्रममा नेपालीपन भन्दा पनि बिदेशी नक्कल झक्कलले प्राथमिकता पाउनु । किसानहरुलाई नीति निर्माणमा सहभागी नगराइनु । नीति निर्माण गर्दा किसानलाई थाहा हुन्छ की जसरी छलफल, अन्तरक्रिया नै नगरी नीति नियम निर्माण गरि पास गर्नु र पास भए पस्चात पनि नीतिमा उल्लेख भएका कुरा किसानहरुलाई जानकारी नै नगराउनु । धुले किसानका नाममा झोले किसानले अनुदान प्राप्त गर्नु । कागजमा योजना खल्तीमा बजेट हुनु । सेवा सुविधा र अनुदान वितरण राम्रालाई नभई हाम्रालाई भन्ने प्रवृति नै नेपाली कृषि पछि पर्नुका बाधक कारक हुन।

देशको मुख्यबालीको रूपमा रहेको धानबालीको महत्वपूर्ण समयमा युरिया मलको अभाव हुनु दुःखद हो । आज युरिया मलकै अभावमा किसानको पुरै श्रम र लगानी डूबने स्थितिको पैदाभएकोछ । नेपाल सरकारद्वारा हुने मल खादको बिक़्री वितरण एवं आपूर्तिमा देखिएको यस्तो लापरवाही र गैरज़िम्मेवार कार्यलाई सामान्य मान्न सकिदैन । प्रदेश सरकार ,केन्द्र सरकार ४ साल बितदा पनि कुनै ठोस निर्णय र योजना अहिले सम्म ल्याको छैन,जब कि नेपाल कृषि प्रधान देश हो । आखिर कहिले सम्म किसान यस्तो पिडा भोग्नु पर्छ अफैमा हास्यास्पद छ।अब भ्रम मा नपरौ किसान को आवाज प्राती पुरौ देश बासी उठौ ।
#श्रमविर_जिन्दावाद
#मलको_व्यवस्था_गर

मनोज कु महतो
बर्दिबास महोत्तरी

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै