बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

नेपाली कांग्रेस पर्साको कार्यालय आफनै भवनमा

 २ आश्विन २०७८, शनिबार  

बिरगंज २ गते ।
आफ्नै भवनमा नेपाली कांग्रेस पर्साको जिल्ला कार्यालय आज सरेको छ ।
यहि मिति २०७८ असोज १ गतेका दिन नेपाली कांग्रेस पर्साको जिल्ला कार्यालय आफ्नै भवन वीरगंज महानगरपालीका वडा नम्बर २४ मा सर्न लागेकोले सो शुभ अवसरमा नेपाली कांग्रेस पर्साद्धारा नेपाली कांग्रेसको चार तारे झण्डा झण्डोतलन गरि उदघाटन गरिएको थियो ।

नेपाली कांग्रेस पर्साकाे जिल्ला कार्यालय आत्माराम ओझा/दुखा सहनी स्मृति भवनमा आज आत्माराम ओझाजीकाे भतिजा सत्येन्द नारायण ओझा तथा दुखा सहनीकाे श्रीमती सुरूजपती देवी , नेपाली कांग्रेसकाे वरिष्ठ नेता देवेन्द्रलाल नेपाली , नेपाली कांग्रेस पर्साकाे सभापति अजय कुमार द्विवेदीले संयुक्तरूपमा नेपाली कांग्रेसकाे चार तारे झण्डाकाे झण्डाेतलन गरि सुभारम्भ गरिएको हो।

साे अवसरमा जिल्ला उपसभापति द्वय दिना गुप्ता ,प्रकाश उपध्याय,सचिव द्वय किशाेरी साह कानु,श्याम पटेल,सहसचिव द्वय राेशन लामिछाने,किरण सरकार,विधायक शंकर चाैधरी,राजेश्वर साह,वरिष्ठ नेताहरू विरेन्दलाल नेपाली,बिध्या श्रेष्ठ , कोपिल कडेल रुपा श्रेष्ठ , मिन्टु सिहँ , सन्तोष खतिवडा, मनोजा चौधरी, लगायत महासमिति सदस्यहरू,महाधिवेशन प्रतिनिधिहरू,क्षेत्र,प्रदेश ,नगरपालिका ,गाउपालीका,वडा तहका पदाधिकारी, सदस्यहरू,भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरू एवं कृयाशिल सदस्यहरूकाे व्यापक उपस्थिति रहेको यूथ कांग्रेस नेपालका प्रदेश सदस्य राहुल कुमार गुप्ताले जानकारी गराउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै