बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

एक जनाको हत्या संगल्नमा छिमेकी पक्राउ, भीड नियन्त्रण गर्न प्रहरीले गरे हवाई फायर

 २ आश्विन २०७८, शनिबार  

चितवन। राप्ती नगरपालिका वडा-९ मा एक जनाको हत्या भएको छ। ती हत्या संगल्नमा एक छिमेकी आरोपितलाई प्रहरीले पक्राउ गरेको छ।

राप्ती नगरपालिका वडानम्बर ९ स्थित शीतल टोलका अन्दाजी ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो। हत्यामा संगल्न भएको आरोपमा छिमेकी दशरथ ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीका अनुसार मृतकको टाउकोमा फलामको गलले हिर्काएर हत्या गरेको पुष्टि भएको जनाएको छ।

गत शुक्रबार बेलुका उनिहरुमा विवाद हुँदा आरोपितले आक्रमण गरेको जनाइएकाे छ। घटनास्थलबाट शवसँगै हत्या आरोपीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीय बीच झडपसमेत भएको थियो । स्थानीयले पक्राउ परेका व्यक्तिमाथि आक्रमण गर्न खोजेपछि प्रहरीसँग झडप भएको हाे । भीड नियन्त्रण गर्न प्रहरीले हवाई फायरसमेत गर्नुपरेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै