बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

आफ्नो कर्तव्य सक्रियताका साथ निर्वाह गर्नुस् : अध्यक्ष ओली

 २ आश्विन २०७८, शनिबार  

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेला सम्बोधनमा देश र जनताको सेवा गर्न र आफ्नो कर्तव्य सक्रियताका साथ निर्वाह गर्न बताएका छन्।

अध्यक्ष ओलीले कर्मचारी राज्यको स्थायी सरकार भएको बताउँदै जुनसुकै दलको सरकार आए पनि सहयोग गर्न आग्रह गरेका हुन् । कांग्रेस र माओवादी जस्तो गर्नु हुँदैन। पार्टीको सदस्य भनेर तपाईंहरुले काम गर्ने होइन।’आफ्नो कर्तव्य सक्रियताका साथ निर्वाह गर्नुस्। सरकारलाई असहयोग गर्ने भन्ने होइन,’ उनले भने।

विगतमा फरक दलको सरकार आउँदा कर्मचारीलाई असहयोग गर्न उर्दी गर्ने गरेको स्मरण गर्दै उनले आफू पनि भ्रष्टाचार नगर्न र अरुलाई पनि भ्रष्टाचार गर्न नदिन अपिल गरे।सरकारलाई सहयोग गर्न कर्मचारीलाई आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै