बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

मधेस आन्दोलनको त्यो दिन र सत्तामा बस्ने नेताको यो दिन

 २ आश्विन २०७८, शनिबार  

इतिहासको त्यो दिन हुस्सु र कुहिरो संगै चिसो हावाले सबैजना कापिरहेका थिए। त्यही बेला केही युवाले फुर्तिका साथ पुर्व -पश्चिम राजमार्ग चक्काजाम गरे। सप्तरीको कंचनपुर बेरियर हाल कंचनपुर नगरपालिका ५ मा लगभग तीन घण्टा चक्काजाम भयो।

त्यसको भोलि पल्ट लहान तनाव ग्रस्त बन्यो। लहानमा चक्काजाम गरि बसेका युवा माथी प्रहरीले अत्यधिक बल प्रयोग गर्यो। यसको जवाफमा चक्काजाम कारण रोकिएका दर्जनौं सवारी साधन जलाइयो। यहि तनावका बीच गोली चल्यो र गोलिको सिकार बने सिराहा मझौरा का रमेश महतो। उनी तत्काल ढले। महतो ढले लगतै उनको लास लुकाउने प्रयास भयो। यो घट्नाले उग्र रुप लियो र तराइ/मधेस का सबै जिल्लामा आन्दोलन फैलियो।राजमार्गको दुबै तिर ठुल्ठुला रुखहरु ढालेर सडक अवरुध गरियो। यो पहिलो मधेश आन्दोलन माघ २४ गते सम्म चलेको थियो। तत्काल प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दोस्रो पट्क माघमा सम्बोधन गरे पश्चात् आन्दोलन टुङिएको थियो।

यो आन्दोलन चलिरहदा ५४ जनाले ज्यान गुमाए। धेरै अंगभंग भए। यसै दिन अन्तर्गत माघ ५ गते दिनलाई बलिदानी दिवसको रुपमा मनाइदै आएको छ। यस बिचमा तीन वटा मधेश आन्द्लोन हरु भइसकेका छ्न।

वि.स २०६३ साल माघ ५ गते बाट सुरु भएर १९ दिन सम्म चलेको आन्दोलन २०६४ सालमा पनि भयो। तीन मधेसी दलले नेतृत्व गरेको यो आन्दोलनले पनि धेरै ले ज्यान गुमाए। तेस्रो मधेश आन्दोलन एकदमै लामो रहयो। सप्तरीको भारदहबाट प्रारम्भ भएको तेस्रो मधेश आन्दोलन ०७२ ले राजिब राउत सहित ६० जना भन्दा बढिको ज्यान लियो। ३०असार देखि २० माघ ०७२ चलेको यो आन्दोलनका क्रममा धेरै अंग भंग भए।

यहि मधेश आन्दोलन माथी टेकेर मधेश केन्द्रित दलका नेता हरु पट्क-पट्क मन्त्री भए।कतिपयले राजनीतिक नियुक्ति पाए।मधेश केन्द्रित दलका नेता हरु का लागि मधेश आन्दोलन सत्ता प्राप्ति का लागि भर्‍याङ बन्न पुग्यो।आन्दोलन को बेला मधेसी जन्ता लाई ठुला-ठुला सपना बढियो।तर आन्दोलन भएको वर्षौ सम्म न त जन्ता को जीवनस्तर नै माथी उकासिएको छ न त पटक पटक मन्त्री बनेका नेता हरु ले मधेस को विकास नै गरेका छ्न। उनी हरु केवल आफनो र आफ्न्तको विकास गर्न भने सफल भए।आन्दोलनकारी हरु को हालत पनि उस्तै छ र सहिद परिवारको बेहाल अवस्था छ।

के भन्दै छ्न शहिद परिवार हरु ?
मधेश आन्दोलनको दौरान सहिद दिलिप यादवका पिता रामनरेश यादवका अनुसार ४ वर्ष पहिलो आफू विदेश मै कार्यरत छ्दा आफ्नो १६ वर्षिय छोरा लाई गुमाएको थाहा पाएपछि आफू नेपाल फर्के र उहाको भनाइ के छ भन्दा खेरी यत्रो मधेश आन्दोलनमा सहादत दिए पनि अहिलेसम्म कुनै मधेसी नेताले सोधन समेत आएको छैन। मधेश आन्दोलनका सहिदहरुलाई पचास लाख दिने घोषण गरिए पनि नेपाल सरकारले दिएको दस लाख पछि अरु एक रुपैयाको सहयोग नपाएको थुप्रै सहिद परिवारहरुले आसुको थोपा थोपामा गल्गलाउदै रुदै बताए।

अर्को सहिद रमेश महतोको परिवार पनि बिचल्ली मा छन ,रमेश सहिद बनेपनी नेताहरु को खासै कुनै मतलब नराखेको महतो परिवार को भनाइ छ। रमेश को परिवार जन भन्नू हुन्छ,यो गर्छु त्यो गर्छु विभिन्न आश्वासन हरि बाडे तर केही गरेनन।परिवार जन को अनुसार सहिद को नाम जपेर नेत हरु लखपति करोडपति भए,र सहिद परिवार र मधेश को अवस्था जस्ता को तेस्तै छ। यसै गरि यस्ता धेरै उदाहरण हरु छ्न,रोजगारी दिन्छु,पैसा दिन्छु जस्तो परिवार हरु आश्वासन दिएर न त नियुक्ति पाए,न त पैसा नै पाए लाजमर्दो घटना कस्तो घटयो भन्दा खेरि नियुक्ति गरिएको लाई पनि हटाइयो। पाए त केवल दुख ,पीडा र आँसु।

प्रदेश सरकार ले आफ्नो भनाइ अनुसार काम गर्न सकेको छैन यो कुरा जता तेतै व्यापक फैलिएको विषयो हो। र यो कुरा नौलो पनि होइन सत्ता मा पुगेपछि मधेशी नेता हरु ले मधेश आन्दोलन मुद्दा भुलेको मात्रै नभाइ सहिद का परिवार र घाइते लाई वेवस्ता गरेको सहिद परिवार हरुको गुनासो छ।

तसर्थ हामीले अर्थात प्रदेश सरकारले कालो दिवस त मनायौ,बलिदानी दिवस मनायौ तर चादर दोसल्ला ओढाउने काम सम्म मात्रै सिमित रहयो। सहिद परिवार को अँखा को आँसु पुछ्न असमर्थ रहयो मधेश सरकार प्रदेश सरकार ।अहिले पनि यो कुरा लाई छिटो चिन्तन मन्थन गरेर छिटै एउटा निष्कर्ष सम्म पुग्न जरुरी देखिन्छ। प्रदेश सरकार मधेश सरकार को यश माथी छिटो भन्दा छिटो ध्यानाकर्षण होस् भन्ने अनुरोध गर्द्छु।

ब्रहम नाथ सिंह
बि.ए.एल.एल.बि.(तेस्रो वर्ष)
काठमाडौ स्कुल अफ ल

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै