घर आगन नियमित बचत तथा ऋण सहकारी संस्था लि. को १३ औँ बार्षिक साधारण सभा सम्पन्न || बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह ||

बेकामे बन्यो इनरुवाका सोलार सडक बत्ती

 २ आश्विन २०७८, शनिबार  

सुनसरी। सुनसरीको सदरमुकाम इनरुवा नगरपालिकालाई उज्यालो बनाउन र चोरीका घटना नियन्त्रण गर्नका लागि सोलार बत्ती जडान गरिएको भएपनि सोलार बत्ती प्रयोग बिहिन बनेको छ । बजार क्षेत्रभित्र जडान गरिएका सोलार (सडक) बत्तीहरू र पोलहरुमा लागेको बल्बहरु बल्न छोडेका छन् । सौर्य बत्ती जडान गरिएको १ बर्षा पनि नबित्दै बत्ती बल्न छाडेको हो ।


नगरपालिकाको आर्थिक सहयोगमा वडा र बजारको मुख्य चोकमा उज्यालो पार्न र चोरीडकैतीबाट बचाउनको लागि नगरपालिकाको विभिन्न क्षेत्रमा सोलार बत्ती जडान गरिएको भएपनि सोलार बत्ती नबलेको स्थानीयहरुले गुनासो गरेका छन् । बत्ती जडान गरिएको १ बर्ष नबित्तै मिलिक–मिलिक चम्किने, केही ठाउँमा नबल्ने समस्या आएको स्थानीय बताउँछन् । त्येसैगरि इनरुवा बजारमा अवस्थित सुपर्मर्केतमा लागेको सोलारहरु समेत बल्न छोडेका छन् ।


नगरपालिकाको विभिन्न क्षेत्रमा जोडेको सोलार बत्तीको उज्यालो धेरै समय भने टिक्न सकेन । अहिले सोलार बत्ती बिग्रीएकै १ वर्ष भन्दा बढी समय भइसक्दा समेत मर्मत नहुँदा स्थानीयले आक्रोश व्यक्त गरेका छन । बत्ती नहुँदा रातको समयमा नियमित आवातजावत गर्न समस्या भएको इनरुवा नगरपालिका बजार छेत्रका स्थानीय र व्यापाारीहरुले गुनासो गरेको छ ।


स्थानीय गुदरी व्यवसायी अलि खान भन्छन् सोलार बत्ती जडान गरिएको दुई, तीन महिना मज्जाले बल्यो, तर त्यसपछि बिग्रिएर उज्यालो दिन सकेको छैन, त्यसैले चाँडो भन्दा चाँडो सोलार बत्तीको मर्मत गर्न सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ । उनले भने, बनाउने भन्छन् तर कसैले बनाउँदैनन । सोलार बल्दा राती उज्यालो हुँदा राम्रै भएपनि अहिले अन्धकार हुने गरेको बताए ।
नगरपालिकाको मुख्य गोल चोक र शान्ति चौकमा राखेको सोलार पनि बिग्रिएको छ । स्थानीयले नगरपालिकामा बत्ती बनाइदिन पटकपटक आग्रह गरेपनि सुनुवाइ नभएको अर्को स्थानीय सुन व्यवसायी अनिल सोनारले बताए ।


एता प्रतिक्षणका सम्वाददाताले राती अनुगमन गर्दा नगरपालिकाको गुद्री सडक खण्ड, हस्पिटल सडक खण्ड, बलाहा सडक खण्ड, जिविस सडक खण्ड, बबिया सडक खण्डमा समेत सोलार बत्ति बिग्रेर नबलेको पाइएको छ । स्थानीय साद हिराकीले, सोलार बत्ती बनाउँन वडा कार्यालय र नगरपालिकामा भन्दापनि कतैबाट सुनवाई हुन नसकेको बताए । त्यसतै इनरुवा नगरपालिका वडा ९ मा खत्वे टोलको पोलहरुमा लागेको बल्बहरु बल्न छोडेका छन ।

सडकमा हिँड्ने यात्रुहरूलाई अनियमित रूपमा बिजुली बत्ती चम्किँदा आँखामा समस्या हुने र सवारी चालकलाई बत्ती चम्किएका कारण सवारी चलाउँदा असर पर्ने गरेको उनीहरूको भनाइ छ । बत्तीले सडकमा एकनासले उज्यालो नदिएपछि त्यहाँ हिंडडुल गर्दा दुर्घटनाको जोखिम बढेको पसल व्यवसायी कलिम खानले बताए ।

सोलर बत्तीमा आएको समस्याका कारणले नगरवासीको आँखामा समेत गम्भीर असर पर्न थालेको गुनासो आउन थालेको छ । बत्तीको मर्मतसंभार गर्न सरोकारवालाले चासो नदेखाएको बजारवासीको भनाइ छ ।

एता इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले पानी परेको कारणले बल्ब र ब्याट्री खराब भएकोले अब छिट्टै मर्मत गर्ने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै