बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

धोबिनी गापा मा आज नेकपा एमालेको गाँउपालिका स्तरिय अगुवा कार्यकर्ता भेला सम्पन्न

 २ आश्विन २०७८, शनिबार  

पर्सा २ असोज । पर्साको धोबिनी गाँउपालिकामा आज नेकपा एमाले को गाँउपालिका स्तरिय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । धोबिनी गाउँपालिका वडा नं ५ धोबिनी मा भएको अगुवा कार्यकर्ता भेला नेकपा धोबिनी गाँउपालिका सचिव हरि पटेल को अध्यक्षतामा भएको भेला मा नेकपा पर्सा अध्यक्ष प्रभु हजराको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रभु हजरा ले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गरेका कामका बारेमा चर्चा गर्नुभएको थियो । हजराले नितान्त व्यक्तिगत स्वार्थका कारण पार्टी बिभाजन गर्ने नेताहरुलाई आउने चुनावमा तह लगाउनुपर्ने धारणा राख्नुभयो । बिशिष्ट अतिथि रहनु भएका जिल्ला सचिव एव छिहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता ले भने तिन बर्षमा ओली सरकार ले गरेका राष्ट्रिय गौरवका आयोजना,मधेशको लाईफलाईन हुलाकी सडक निर्माण पेट्रौलियम पाईप लाईन लगायत बिकाश निर्माणबारे चर्चा गर्नुभएको थियो । गुप्ताले आउने निर्वाचनको परिणाम आफनो पक्षमा पार्न टोल टोलमा संगठन निर्माण गर्न पनि अनुरोध गर्नुभयो । उहाँले पद,पैसा र परिवारको लागि आफनै पार्टी बिभाजन गर्ने स्वार्थी नेता संग देशको बिकाश नहुने भन्दै ओली नेतृत्वको नेकपामा अब्दध गराई बहुमत को सरकार बनाउने बताए । समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सफल बनाउन प्रधानमन्त्री केपी ओलीले संसद विघटनको निर्णय गरेर देश बर्बाद पार्ने षडयन्त्र बिफल बनाई दिएको बताएका थिए ।कार्यक्रममा प्रदेश सदस्य जोगेन्द्र साह, जिल्ला सदस्य सुरेश पटेल, सदाम हुसेन,बिरेन्द्र साह, सुनिल साह कानु, अमबिका राउत कुर्मी, एैनुल हक मियाँ ,राजेन्द्र यादव,समसुल मियाँ , अबास मियाँ , सन्जय गुप्ता , सोयाब अंसारी लगायतको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै