बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

प्रदेश १ मा बलात्कारको ग्राफ बढ्दै

 २ आश्विन २०७८, शनिबार  

गत आर्थिक वर्षमा ५ सय ९० जना बलात्कार

सुनसरी । गत जेष्ठ १७ गते सोमबारका दिन देवानगंज गाउँपालिका वडा नम्बर–२ को निरन्जन पासवानले सोही वडाको १७ वर्षीया एक युवतीलाई बिहानको छ बजे अपहरण गरेर उखु खेतमा लगेर बलात्कार गरेको थियो।
त्यस्तै असार ३१ गते हरिनगर गाउँपालिका–२ कि १४ वर्षीया बालिकालाइ गौतमपुर नजिकैको केराबारीमा सामुहिक बलात्कृत भएकी थिइन् । उनलाई हरिनगर गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय समिम अन्सारी र वडा नम्बर ६ का दिलशाद अन्सारीले बलात्कार गरेको थियो।

पछिल्लो समय बलात्कारको घटना बढिरहेको बेला बालबालिकाहरू समेत बलात्कारको शिकार हुन पुगेका छन्। देशभर बलात्कारको ग्राफ बढिरहेको बेला प्रदेश १ को अवस्था पनि उस्तै छ ।

दैनिकजसो बलात्कारका घटना हुने गरेका छन् । प्रहरीमा पर्ने उजुरीलाई आधार मान्ने हो भने प्रदेश १ मा बलात्कारको ‘ग्राफ’ उकालिँदो छ । प्रदेश १ मा सुनसरी, मोरङ र झापामा बलात्कारको घटना अधिक भएको प्रदेश १ प्रहरीको तथ्याङ्कले देखाउँछ । सबैभन्दा बढी मोरङमा गत आर्थिक वर्षको असार सम्ममा १ सय २८ जना महिला बलात्कृत भएका छन्।

बलात्कारको घटनामा सुनसरी पनि बद्नाम हुँदै गएको छ । गत आर्थिक वर्षको असारसम्ममा १ सय ७ जना महिला बलात्कारको शिकार भएका छन्। त्यस्तै झापाकोपनि १ सय ९ जना बलात्कारको शिकार भएका छन्।

१ नम्बर प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गत आर्थिक वर्षको अहिलेसम्म प्रदेश १ को जिल्लामा ५ सय ९० जना महिला बलात्कृत भएका छन् ।

त्यस्तै आर्थिक वर्ष ०७५÷०७६ मा ४ सय ६ जना महिला बलात्कृत भएका थिए । अघिल्लो आर्थिक वर्ष ०७६÷०७७ मा जेठसम्मको तथ्यांकअनुसार ५ सय ४ जना महिला बलात्कृत भएका थिए। गते आर्थिक वर्ष ०७७÷०७८मा असार सम्ममा ५ सय ९०
जना महिला तथा बालबालिका बलात्कृत भएका छन्। प्रदेश १ का तथ्याङ्कलाई आधार मान्ने हो भने विगत वर्षभन्दा पछिल्ला वर्षमा बलात्कार बढिरहेको देखाउँछ ।

जबर्जस्ती करणी गरेको आरोपमा गतवर्ष ०७७÷०७८ असार सम्ममा ५ सय ९० जनाविरुद्ध प्रहरी कार्यालयमा उजुरी परेको थियो । प्रदेश १ का प्रहरीका अनुसार सुनसरीमा १०७, मोरङमा १२८, झापामा १०९, इलाममा १९ , पाँचथरमा २३, ताप्लेजुङमा १८, धनकुटामा १४, तेह्रथुममा ११, भोजपुरमा २०, संखुवासभामा २७, उदयपुरमा ४७, खोटाङमा २०, ओखलढुङ्गामा २२ र सोलुखोम्बुमा २५ जना गरी ५ सय ९० जना महिला तथा बालबालिकामाथि बलात्कार भएको छ ।

सहमति पछि बलात्कार
पछिल्लो समयमा बलात्कारको शैलीसमेत फेरिएका छन् । अहिले होटलहरूमा बलात्कार हुन थालेको छ।बलात्कार भनिएका घटनामध्ये कतिपय कसैले देखेपछि पोल खुल्छ र बदनाम हुन्छ भन्ने डरले, कुनै लेनदेनमा कुरा नमिलेर, गर्भ रहेर, क्यूरेट गर्नुपर्दा दुःख भोगेर पनि हुने गरेका उदाहरण छन् ।

प्रहरीका भनाइ अनुसार, पछिल्लो समयमा कुरा नमिल्दा पनि बलात्कार हुने गरेको छ। पोर्नसाइट फिल्महरूको कारण पनि बलात्कारका घट्नामा वृद्धि भएको छ। इन्टरनेटको कारण पनि बलात्कारको घटना बढेको जस्तो देखिएको बताउँछ । श्रीमानश्रीमती अलग भएर बस्नाले पनि समाजमा बलात्कारको घटना बढेको बताउँछन्।

यस्तो छ कानून
मुलुकी फौजदारी (संहिता) ऐन २०७४ को दफा २१९ ले कसैले कुनै महिलाको मञ्जुरीबिना जवर्जस्ती करणी गरेमा बलात्कार गरेको मानिन्छ । यस्तै १८ वर्षभन्दा कम उमेरकी बालिकासँग मञ्जुरी लिई गरे पनि बलात्कार गरेको ठहर हुने व्यवस्था छ ।
ऐनले दश वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरेमा १६ देखि २० वर्षसम्म कैद, दश वा दश वर्षभन्दा बढी र १४ वर्षभन्दा कम उमेरकी बालिका भए १४ देखि १६ वर्ष कैद, चौध वर्षभन्दा बढी र १६ वर्षभन्दा कम उमेरकी भए १२ देखि १४ वर्ष कैद, १६ वर्षदेखि १८ वर्षभन्दा कम भए १० वर्षदेखि १२ वर्षसम्म कैद र १८ वर्षदेखि माथि उमेररकी महिला भए ७ देखि १० वर्ष कैद सजाय हुने व्यवस्था छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै