बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

प्रचण्ड भन्छन् : ओली सरकारले एमसीसी बिगार्‍यो

 २ आश्विन २०७८, शनिबार  

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) केपी ओलीको प्रधानमन्त्रीकालमा तत्कालिन अर्थमन्त्रीले बिगारेको आरोप लगाएका छन् । जनकपुरधाममा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे आरोप लगाएका हुन् ।

तत्कालिन अर्थमन्त्रीले एमसीसी बिगारेर संसदबाट अनुमोदन गर्ने प्रावधान राखेको उनको भनाइ थियो । उनले भने, ‘एमसीसी वा कुनै पनि मित्र राष्ट्रसँग विकास नगर्ने भन्ने हुँदैन, बरु एमसीसी सम्झौता जस्तो ओरिजिनल थियो, त्यसलाई बिगारिएको छ, केपी ओलीको पालामा अर्थमन्त्रीले बिगारेर संसदबाट अनुमोदन गर्ने प्रावधान राखेसँगै विवादित भयो, यो संसदबाट अनुमोदन गर्ने प्रावधान राखेसँगै विवाद सुरु भयो ।’
यस्तै एमसीसीलाई अमेरिकाका केही मन्त्रीहरुले आफ्नो डकुमेन्टमा ईन्डो प्यासिफिक स्ट्राटेजीको अंग भनेपछि विवाद झन् चर्किको उनले बताए । उनले थपे, ‘अझ केपी ओलीको पालामा परराष्ट्रमन्त्री अमेरिका गएको बेलामा एउटा डकुमेन्ट के घोषणा भयो भने, आईपीएसको मेम्बर भएको घोषणा भएसँगै जनतामा गम्भीर किसिमको सवाल पैदा भएको छ, त्यसैले यी गलत ढंगबाट भएको घोषणा, पैसा र विकासको नाममा जे पनि लिन सकिँदैन, त्यसैले संशोधन र परिमार्जन भयो भने फेरि एमसीसी स्वीकार गर्न सकिन्छ ।’

एमसीसीमा परिमार्जन र संशोधन गरेर राष्ट्रिय सहमति बनाएर मात्र अगाडि बढाउन सकिने दाहालको भनाइ छ । तर हतार गर्न नहुने उनले बताए । नेपाल टाइम्स

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै