बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

वीरगञ्जमा पोखरीमा डुबेर दुई जना युवकको मृत्यु

 ३ आश्विन २०७८, आईतवार  

असोज ३ गते ।
पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा बस्ने १७ वर्षीय मुन्ना भन्ने आशिष कुमार साह र १२ वर्षीय प्रितम कुमार साह पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

शुक्रबार दिउँसो २ बजेतिर नै घरबाट निस्किएको उनीहरु साँझसम्म नआएपछि, आफन्तहरुले खोजी सुरु गरेको थियो । वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिनेश गौतमका अनुसार वीरगञ्ज–१२ स्थित मुर्ली पोखरी नजिकै उनीहरुले लगाएको लुगा र चप्पल फेला परेपछि शंकास्पद अवस्थामा पोखरीमै खोजी शुरु गरिएको थियो ।

प्रहरी र स्थानीयवासीको सहयोगमा शनिबार बेलुका ८ बजेतिर उनीहरुलाई पोखरीमा फेला पारी तराई अस्पतालमा ल्याइएको थियो । तर, चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै