घर आगन नियमित बचत तथा ऋण सहकारी संस्था लि. को १३ औँ बार्षिक साधारण सभा सम्पन्न || बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह ||

जनकपुरमा कालो दिवस

 ३ आश्विन २०७८, आईतवार  

धनुषा। संविधान दिवसको अवसरमा जनकपुरमा लोकतान्त्रिक समाजवादी पार्टीले कालो दिवस
मनाएका छन् ।

लोसपा नेताकार्यकर्ताको नेतृत्वमा कालो झण्डा सहित प्रदर्शन गरि कालो दिवस मनाइएका हुन् ।

प्रदर्शनमा ‘आशिन तीन, कारी दिन’ भन्दै लोकतान्त्रिक समाजवादी पार्टीले प्रदर्शन गरेको छ । जनकपुरको विभिन्न भागमा प्रदर्शन गर्दै जनकपुरको जनकचोकमा गएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा लोसपा नेता तथा प्रदेश सांसद परमेश्वर साह,जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिता मिश्र, वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साह, लोसपाका नेताहरु राजिव झा, राजु चौधरी, विन्दु ठाकुर, पूनम झा मैथिली, विवभा पाण्डेय, पुष्पा यादव, नाजिर हुसैन, इन्द्रकुमार झा मधेशानन्द, संजय चौधरी, सदाशिव मिश्र, महाशंकर ठाकुर, प्रमोद यादव, ज्ञानेन्द्र झा ज्ञानुलगायतका दर्जनौं नेता कार्यकर्ताहरुले आ-आफ्नो धारणा राखेका छन्।

संविधानमा रहेका त्रुटिपूर्ण प्रावधानहरु संशोधन नगरेसम्म संविधानलाई नस्वीकार्ने तथा असोज ३ गतेलाई कालो दिनको रुपमा मनाइरहने उनीहरुले बताएका छन्। साथै संविधानको विरोधमा आज साँझ ६:१५ देखि ६:३० सम्म बत्ती निभाएर ‘बल्याक आउट गर्ने तय गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै