सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

संविधान दिवसको अवसरमा ५ जना कैदी बन्दी कैद मुक्त

 ३ आश्विन २०७८, आईतवार  

असोज ३ गते आइतबार ।
रौतहट संविधान दिवस २०७८ को अवसरमा जिल्ला कारगार रौतहटमा विभिन्न घटनाको मुद्धामा दोषी ठहर भई जेल कैद भुक्तान गरीरहेका कैदी बन्दीहरु आम माफी पाए पाएका छन्।

संविधान दिवसको अवसरमा सम्मानित अदालतले दोषी ठहर गरी कैद सजायका लागि कारागार चलान गरेकोमा कैदीहरुले आफ्ना कैद काटी र केही कैद बाकीँ रहेकोमा राम्रो आचरण अनुसासीत रहेकाहरुलाई सम्मानिय राष्ट्रपति ज्यूबाट संविधान दिवसको अवसरमा कैद सजाय मुक्त भएका छन्।

सजाय मुक्त हुनेमा रौतहटका माधवनारायण नगरपालिका वडा नम्बर २ लौकाहामा बस्ने २४ बर्षीय समसुदिन साई सवारी ज्यान मुद्धा सर्लाहीको बरहथवा नगरपालिका नम्बर ३ मा बस्ने ४८ बर्षीय राम दास कर्तब्य ज्यान मुद्धा रौतहट कटहरिया नगरपालिका नगरपालिका १ बस्ने ३२ बर्षीय रामनारायण दास तत्मा कर्तब्य ज्यान मुद्धा सिन्धुलीको क्यानेश्वर -६ वतन भई हाल रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ मा बस्ने ४९ बर्षीय शेरप लो कर्तब्य ज्यान मुद्धा रौतहट यमुनामाई गाउँपालिका वडा नम्बर ४ मा बस्ने २६ बर्षीय दिलिप कुमार साह हातहतियार खर खजाना मुद्धा लगायतका कैदी बन्दीहरुलाई कैद मुक्त भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै