सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

अखिल नेपाल महिला संघ सुनसरीको जिल्ला समितिको बैठक

 ३ आश्विन २०७८, आईतवार  

सुनसरी । नेकपा एमालेका भातृ संगठन अखिल नेपाल महिला संघ सुनसरीले जिल्लाको सदरमुकाम इनरुवामा रहेको ओरेक नेपालको सभाहलमा सात औँ संविधान दिवसको दिन आइतबार जिल्ला स्तरीय कार्यकर्ता बैठक सम्पन्न भएको छ ।

अखिल नेपाल महिला संघ जिल्ला कमिटिको आयोजनामा संविधान दिवसको औचित्य साथै वर्तमान राजनीतिक परिस्थिती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्ने सबैले यो संविधान दिवसको अवसरमा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको लागि ऐतिहाँसिक दिन भएको बताएका थिए । साथै पछिल्लो समय महिला हिंसाका घटनाहरु बढेको भन्दै त्यसको न्यूनीकरणको लागि कानुनको उचित कार्यान्वयन आवश्यक रहेको ओल्याएका छन् ।


कार्यक्रमको प्रमुख अतिथि अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज साथै इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले अहिले राजनीतिमा देखिएको महिलाले महिलामाथि नै गरेको आपत्तिजनक भाषण र गतिविधिमा पुरुषको नै संलग्नता रहेको बताएकी छिन् । उनले महिलाई पुरुषले प्रयोग गरेर महिलाकै विरोधी बनाउदै आएको बताइन् ।
यस्तै कार्यक्रमको विशेष अतिथि नेकपा एमाले सुनसरीका अध्यक्ष रेवती भण्डारीले माथिल्लो वर्गका महिलाहरु हिंसामा कमै पर्ने गरेको तर तल्लोस्तरका महिलाहरु धेरै हिंसामा पर्ने गरेको बताउँदै त्यस्ता महिलाहरुको हक, हित र अधिकारको सुनिश्चतताका लागि लागिपर्नुपर्ने महिला नेतृहरुलाई सुझाव दिएका थिए ।


कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला अध्यक्ष साथै धरान उपमहानगरपालिकाकि उपप्रमुख मन्जु भण्डारीले महिला हिंसा र महिला विरोधी गतिविधिहरुमा झन् बढोत्तरी हुँदै गएको परिस्थितिमाथि प्रकाश पार्दै यसको सामनाका लागि महिला सचेत रुपमा संगठित हुँदै संघर्षमा अघि बढ्नुपर्ने कुरामा जोड दिनुका साथै महिला नेतृहरु केन्द्रमा मात्र नभई प्रदेश, जिल्ला, नगर र गाउँमा अब नयाँ र सबल नेतृत्व निर्माण गर्नुपर्ने बेला आएकोले बताइन् । उनले, समाजमा महिलाविरोधी वातावरण र गतिविधि बढ्दै जानु र संहिताहरुमा अंश र बंशका बारेमा महिलालाई वास्तविक अधिकार दिन अनकनाउनुले महिला अधिकार प्राप्तिका लागि अझैं मार्ग प्रशस्त हुन नसकेको कुरामा प्रकाश पार्दै यस्तो विकराल समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिएकि थिइन्।


अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला अध्यक्ष मन्जु भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन जिल्ला सचिव सिर्जना परियारले गर्नु भएको थिए ।

कार्यक्रममा अनेमसका केन्द्रिय सदस्य मिथिला पोखरेल, सकुन्तला भण्डारी, नन्द कुमारी राई, ईन्द्र पोखरेल, सुनसरी जिल्ला सदस्य सरिता कार्की घिमिरे, पुनम शाह त्यसैगरी संघका गाउँ, नगरदेखि केन्द्रसम्मका प्रमुख तथा अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै