बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

विवेकशील साझाको निशुल्क स्वास्थ शिविर

 ३ आश्विन २०७८, आईतवार  

सुनसरी । विवेकशील साझा पार्टी इनरुवा नगरकमिटी र बालबालिका पोलिक्लिनिकको संयुक्त आयोजनामा निशुल्क स्वास्थ शिविर सप्पन्न भएको छ ।

आइतबार सातौं संविधान दिवसको अवसरमा विवेकशील साझा पार्टी इनरुवा नगरकमिटीका र बालबालिका पोलिक्लिनिकको संयुक्त आयोजनामा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा बालबालिका पोलिक्लिनिकका चिकित्सक डा. फरेन्द्र साहले शिविरमा आएका विरामीहरुको स्वास्थ परिक्षण गरि आवश्यक सल्लाह र औषधी उपलब्ध गराएको थिए। शिविरबाट इनरुवा नगरपालिका क्षेत्रका करिब ५५ जना सर्वसाधारणले स्वास्थ लाभ लिनुभएको थियो । शिविरमा आएको अधिकांश विद्यार्थीको आखामा समस्या एवं टाउको दुख्ने समस्या देखिएको थियो।

छोटो समयको तयारी एवं न्युनतम प्रचारप्रसारका बावजुदपनि स्वास्थ्य शिविर आयोजना गरिएको हुदा सोचेजति सेवाग्राहीको उपस्थित नभएतापनि समग्रमा शिविर राम्रो भएको साथै यस्तो शिविर थप गर्न उत्साह समेत हामीलाई मिलेको बताए। अगामी दिनमा यस्तो शिविर इनरुवाको गाउँगाउँमा ,टोलटोलमा गर्ने प्रतिबद्धता गरेको विवेकशील साझा पार्टीका इनरुवा नगर संयोजक रोहन दंगालले बताए।

राजनीति एउटा फोहोरी खेल हो भन्ने भ्रमलाइ चिर्दै राजनीतिक दलले नागरिकका आधारभुत काम मध्येको एक स्वास्थ र शिक्षामा समेत ध्यान दिनुपर्छ भन्ने एउटा नजिर समेत बसाउन सफल भएको बताए । आर्थिक रुपमा सहयोग गर्नुहुने विवेकशील साझा पार्टी , अन्तरास्ट्रिय समिति कतारका चारजना नेतृत्वहरु गणेश कार्की, गोपाल न्यौपाने, सुजन ढकाल र खगेन्द्र खत्री लाई हृदयदेखी नै आभार प्रकट गर्नुका साथै आगामी दिनमा सहयोग, सद्भाव र हौसलाको आशा गरेको संयोजक दंगालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै