बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

प्याब्सनको दोस्रो एतिहासिक नगर अधिवेशन सम्पन्न

 ३ आश्विन २०७८, आईतवार  

सुनसरी । निजि तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सनको इनरुवा नगर कार्यसमितिको दोस्रो एतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ । सुनसरीको इनरुवा रहेको जनक स्मृति माध्यमिक विद्यालयमा शनिवार कार्यक्रमको आयोजना गरि इनरुवा नगर कार्यसमितिको दोस्रो एतिहासिक अधिवेशन भब्यताका साथ सम्पन्न भएको हो ।

निजि तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सनका केन्द्रीय सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथी शंकर थापाले इनरुवामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै सरकारले निजि विद्यालयहरुलाई सरकारी सेवा सुविधा दिनुपर्ने बताए । अबको शिक्षा परम्परागत शिक्षा भन्दा पनि सस्थागत बिध्यालयले प्रदान गर्ने शिक्षा प्रबिधि मैत्री हुनुपर्नेमा जोड दिनुभयो । नगर प्याबसन इनरुवाले कार्यक्रमहरुलाई सुनिश्चितता प्रदान गर्नुका साथै शिक्षण सिकाइ प्रकृया र अन्य शैक्षिक गतिविधिहरुलाई एकरुपता प्रदान गर्ने काम गरेको सन्दर्भमा जसबाट सांगठनिक प्रकृयालाइ मजबुत बनाउने एउटा वातावरण तयार भएको परिणाम स्वरुप बाहिर रहेका केही विद्यालयहरु संगठनको सदस्यता लिदै संगठनमा आवद्ध हुनपुगेको साथै संगठन प्रतिको आकर्षण बढ्दो रुपमा रहेको कुरा समेत संगठनले महसुस गरेको, प्याब्सन इनरुवाले केन्द्र, प्रदेश वा जिल्ला जाँहासुकैबाट भएपनि तोकिएको निर्देशन र शर्कुलरहरुको हुबहु पालना र कार्यन्वयन गरि सांगठनिक मर्यादा र संरचनालाई जोगाइ राख्न अक्षुंण भुमिका निर्वाह गरेको बताए ।

नगर प्याबसन इनरुवाका अध्यक्ष मनोज यादवले नगर प्याब्सन इनरुवाले आफ्ना गतिविधिहरुलाई भब्यतामा परिणत गर्न सफल भएको बताए । कोभिडको कारण केहि सुस्ताउनु परे तापनि हरेक अप्ठ्यारो र असहज परिस्थितिहरुको डटेर सामना गर्दै आफ्ना सदस्यहरु तथा संगठनको हितमा काम गर्न सफल भएको छ । गठन भएको लगतै देखि आफ्ना सदस्य विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको बोद्दीक, मानसिक, शारीरिक, संवेगात्मक तथा चौतर्फी विकासको लागि विभिन्न कार्यक्रम निर्धारण गरि संचालन गरेको बताए ।

सदस्य विद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीहरु अशक्त हुँदा सहयोगको लागि अभियान संचालन गरि सहयोग उपलब्ध गराउनुका साथै आगलागी, बाढीपीडित लगायत दैबी प्रकोप जस्ता समस्याहरुमा उल्लेख्य सहयोग पुर्याएको छ। इनरुवा नगरपालिकाका बाढीपीडित राहत कोषमा समेत नगर प्याब्सन इनरुवाले जम्मा गरेको सहयोग रकम समेत स्मरण योग्य रहेको जानकारी गराउदा नगर प्याब्सन प्रति गर्ब महसुस भएको बताए ।

कोभिडको समयमा हस्पिटलको बेडहरुका बिरामीहरुलाई फलफूल, पानी र विभिन्न खानेकुराहरु उपलब्ध गराउदै उनीहरूको पिडामा मलम लगाउनु दैविय गुण भएकोले हाम्रो आफ्नो नगर मात्र हैन जिल्ला भारिनै सयौं ठाँउहरुमा सम्वेदना पत्र बोकेर गएर मानिसहरुका पिडामा भावनात्मक रुपमा साथ दिने कोशिश समेत गरेको बताए ।

कोभिडको कारण बन्द भएका विद्यालयहरु खुलाउन तथा शिक्षक कर्मचारीहरुलाई केही गर्नु पर्छ भनी गत वर्ष गरिएको अथक प्रयास र प्राप्त भएको सफलता हाम्रो कार्यकालको अर्को महत्त्वपूर्ण कार्यको रुपमा सम्झन योग्य रहेको बताए ।

कोभिडको समयमा बालबालिकाहरुको शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिनुपर्छ भन्ने उद्देश्यले गतवर्ष टेलिभिजन मार्फत संचालन गरिएको शिक्षण क्रियाकलापको लागि जिल्ला प्याब्सनलाइ नगर प्याब्सन इनरुवाबाट उपलब्ध गराइएको सहयोग अन्य क्षेत्र भन्दा उल्लेख रहेको बताए। हामीले कोरोनाले शिथिल भएर थिलथिलिएको अवस्थामा समेत जिल्ला प्याब्सनको समन्वयमा संचालन भएको बाल मनोविज्ञान सम्बन्धि एकदिने सचेतना कार्यक्रम शिक्षक कर्मचारीलाई एकैठाँउमा जम्मा गराइ जिल्लामै प्रथम पटक सम्पन्न गरेको बताए। त्यति मात्र हैन नगर प्याब्सन इनरुवाको अगुवाइमा हरेक सदस्य विद्यालयहरुले आफ्ना अभिभावकहरुलाई समेत बाल मनोविज्ञान सम्बन्धि एकदिने सचेतना कार्यक्रम संचालन गरि उदाहरणीय कार्य गर्न सफल भएको बताए ।

 

गतवर्ष देखि कोरोनाले नाजुक बनाएको हाम्रा विद्यालयहरु आर्थिक रुपमा घरायसी भएका छन्। यस्तो अवस्थामा आर्थिक सहयोगका कुराहरु परिस्थितिजन्य हुदैनन्। तथापि केन्द्रिय प्याब्सनले खरिद गरेको प्याब्सन शिक्षा मन्दिरको लागि अपेक्षा गरेको सहयोग नगर प्याब्सन इनरुवाले जिल्ला प्याब्सन मार्फत उपलब्ध गराएको बताए । प्याब्सनले तीन लाख सहयोग पठाउनु चानचुने कुरा हैन। जसलाई नगर प्याब्सन इनरुवा कार्यसमितिको कार्यकाल सकिदै गर्दा ठुलो साहासको रुपमा इतिहासले मुल्यांकन गर्ने बताए । समसामयिक बिषय मा छलफल एवम सस्थागत बिध्यालयहरुको शैक्षिक गुणस्तरमा वृद्धि गर्ने र आगामी शैक्षिक सत्रको लागि बिद्यालय स्तरका विभिन्न योजना समेत प्रस्तुत गरिएको थियो ।

प्याब्सन इनरुवाका नगर अध्यक्ष मनोज यादवको सभापतित्वमा सप्पन्न भएको दोस्रो एतिहासिक नगर अधिवेशनमा केन्द्रिय प्याब्सनका सल्लाहकार शंकर थापाको प्रमुख अतिथी रहनु भएको थियो भने कार्यक्रमको संचालन प्याब्सन इनरुवाका सचिब रमेश प्रसाद गुरागाईले गर्नुभएको थियो ।

उक्त सभामा बिगत लामो समय देखि शिक्षा क्षेत्रमा आफ्नो अमुल्य एबम अतुलनीय योगदान गर्दै आइरहेका विशिष्ट ब्यक्तीहरुलाइ कदर पत्र,मायाको चिनो सहित दोसल्ला ओडाइ सम्मान गरिएको प्याब्सन इनरुवाका कोषाध्यक्ष गंगाराम मण्डलले बताउनु भयो ।
सम्मानित हुनेहरुमा आठराई पब्लिकेशनका उमेश खनाल, नेशनल बुक्स प्रोपराइटर तथा शिक्षा प्रेमी महेश पन्त, भटृराई पुस्तक पसलका असोक भटृराइ, पुस्तक व्यवसायका बिरेन्द यादव, रहेका छन ।

प्याब्सन इनरुवाको दोस्रो अधिवेशनले सर्वसम्मत मनोज यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
प्याब्सन इनरवाका अध्यक्ष मनोज यादवको अध्यक्षता तथा प्याब्सनका केन्द्रीय सल्लाहकार शंकर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले यादवको अध्यक्षतामा ७ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ समितिको अध्यक्षमा रमेश प्रसाद गुरागाइ, सचिवमा गंगाराम मण्डल, कोषाध्यक्षमा लोक नारायण मेहता रहेका छन भने सदस्यहरुमा सन्तोष भटृराई, असफाक आलम, हरि शरण साह, करुणा श्रेष्ठ रहेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै