घर आगन नियमित बचत तथा ऋण सहकारी संस्था लि. को १३ औँ बार्षिक साधारण सभा सम्पन्न || बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह ||

कमला नगरपालिका, वडा अध्यक्षको योजनामा एक युवकलाई अभद्र व्यवहार गर्दै कुटपिट

 ४ आश्विन २०७८, सोमबार  

धनुषा। कमला नगरपालिका वडा नम्बर ६ अध्यक्षको योजनामा एक युवकलाई कुटपिट गरि लुटपाट गरेको आरोप लागेको छ।

नेपाली काङ्ग्रेस पार्टीमा लागेका वडा नम्बर ६ का अध्यक्ष समसुल मियाले आफ्नो दुई छोरा, अनवर अन्सारी र नजिरुल अन्सारीलाई अभद्र व्यवहार गर्न लगाएको त्यही वडाका पीडित इसराफिल अन्सारीले बताएका छन्।

गत असोज २ मा जनता समाजवादी पार्टीको एक कार्यक्रम भएपछि कार्यक्रम सुभारम्भ हुनु अगावै अध्यक्षका छोरा र उनले मगाएको भारतीय नागरिकलाई कुटपिट र लुटपाट गर्न लगाएको थियो। त्यतिबेला पीडित इसराफिल अन्सारी ती आक्रमणबाट घाइते हुन पुगेपछि उनका साथीले तुरुन्तै जनकपुरको प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो।

जनता समाजवादी पार्टीका वडा मिटिङ उक्त स्थान समयमा राखेको थियो। कार्यक्रम सुरु हुनु अगावै त्यहाँ अध्यक्षबाट पठाइएको ४ वटा मोटरसाइकल आई काङ्ग्रेसको वार्डमा मिटिङ नगर्न उनीहरुले अभद्र व्यवहार गर्न सुरु गरे। पीडित इसराफिल माथि दुर्ववहार गर्दै धमाधम हातपात गरेको थियो र उनको मोबाइललाई तितरबितरका साथै २५ हजार गायब भएको थियो।

अन्सारी घाइते भएपछि “मेरो माथि अन्याय भएको भन्दै जनता24 का संचालक तनविर रेजा राइनलाई बताएका छन्। राइनले अस्पतालमा गएर स्थलगत रिपोर्टिङ गरेको छ। उनले पीडित अन्सारीलाई सुनाएर वडा अध्यक्षबाट कल गरेको थियो र अध्यक्ष मिया आफुले गलती गरेको स्विकारेका छन्। पीडित इसराफिलले क्षतिपूर्ति माग गर्दै इलाका प्रहरीमा उजुरी समेत दिएका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै