बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

इनरुवा नगरपालिकाले संविधान दिवसको अवसरमा वृक्षरोपण

 ४ आश्विन २०७८, सोमबार  

सुनसरी। इनरुवा नगरपालिकाले संविधान दिवसलाई भव्यरुपमा मनाएको छ । नेपालीको ठूलो उपलब्धी संविधान भएको महशुस गर्दै नगरपालिकाले विविध कार्यक्रम गरी संविधान दिवस मनाएको हो ।

नगरपालिकाले आइतबार घर घरमा दिपावली गरेको र सोमबारपनि घरघरमा दीपावली गर्ने तयारी गरेको छ । नगरपालिका क्षेत्रका सबै घरघरमा राष्ट्रिय झण्डा फहराइएर , सरसफाई सहित प्रभातफेरी कार्यक्रम गरि नगरबासीलाई आग्रह गरेका छन् ।


कार्यक्रममा इनरुवा नगरपालिका प्रमुख राजन मेहताले संविधानको ओैचित्य तथा महत्त्व मा प्रकाश पार्नु भएको थिए। उनले, नेपाली जनताको ठूलो त्याग र तपस्याबाट संविधान जारी भएकाले तीनै तहका सरकारले संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संघीयता संविधानको सबै भन्दा महत्वपूर्ण उपलब्धी भएको स्मरण गर्दै अब यसलाई सफल कार्यान्वयन गर्नुको विकल्प नभएको स्पष्ट गर्नुभयो । नगर प्रमुख मेहताले संविधान कार्यान्वयन गर्ने जिम्मेवारी सबैको भएकाले यसलाई सफल कार्यान्वयन गरी जनताका आशा र अपेक्षा पूरा गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा इनरुवा नगरउपप्रमुख जमुना गौतम पोखरेलले संविधानको रक्षाको निम्ति जातजाति, थर, हिन्दु, मुस्लिम, मधेसी , पहाडी नभनिकन नेपाली भएको हैसियतले गर्बका साथ संविधानको रक्षा गर्नुपर्ने बताइन् । संविधानले सबैको अधिकार सुनिश्चित गर्न सहयोग पुगेको बताइन् । उनले भने, संविधानले हामीलाई सधैभर सुर्य चन्द्रको साथी भएर बाच्न प्रेरणा मिलेको बताइन् ।
नगर प्रमुख मेहताले, संविधन दिवसको अवसरमा आज वृक्षारोपण रोपन गरिएको बताउदै यस्तै नगरपालिकाले सोमबारपनि जनप्रतिनिधि र कर्मचारीले संयुक्तरुपमा बजार, चोक, वडा कार्यालय, मन्दिर गुम्बा, पर्यटकीय स्थलमा सरसफाइ कार्यक्रम गरिने र नगरपालिका क्षेत्रमा बृक्षारोपण गर्ने तयारी गरेको बताए ।

त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका, दुहबी नगरपालिका, बराहक्षेत्र नगरपालिका, हरिनगर गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, देवानगंज गाउँपालिका, बर्जु गाउँपालिका, गढी गाउँपालिका, कोशी गाउँपालिकामा समेत विभिन्न कार्यक्रम गरि धुमधामको साथ दिवस मनाएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै