बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

अझै रोकिएन मध्यवर्ती क्षेत्रमा हात्तीको आतंक

 ४ आश्विन २०७८, सोमबार  

अजमल नेपाली //
सुनसरी ४ गते सोमबार।
हात्तीको आक्रमणबाट सुनसरीको बराहक्षेत्र नगरपालिकामा एक महिलाको सोमबार मृत्यु भएको छ।

मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका वडा ९ बस्ने ६५ वर्षीय मगनी खत्वे रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

स्थानीयका अनुसार खत्वे घास काट्न गएको बेलामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले आक्रमण गरेको थियो ।

कोशी नदी पुर्व किनार आरक्षणको जङ्गल नजिक मधुवन स्थित खेतमा घास काट्न गएकि खत्वेको हात्तीले कुल्चेर मृत्यु भएको स्थानीयवासीले बताए । मृतक एकल परिवार रहेको इलाका प्रहरी कार्यालय चक्रघटीका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए। उनको परिवारमा दुई जना छोरा, बुहारी र नाति, नातिनी रहेका छन् भने मृतकको श्रीमानको यसअघिनै मृत्युु भइसकेका छन्।

त्यसैगरी, भदौ १० गते पीडितसँगको अन्तरक्रिया कार्यक्रममा नेपाल सरकारका कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेको हात्तीको आतंकलाई रोक्न सरकार लागी परेको बताएका थिए तर केहि दिनमै पुनः हात्तीको आक्रमणबाट एकल महिलाको मृत्यु भएको छ। उनले, कोशी गाउँबासी लगायत आसपासका क्षेत्रमा बसोबास गर्नेहरुको लागि खुशीको खबर रहेको बताएका थिए तर सो घटनाले गाउँनै निरास भएका छन् । मन्त्री कार्कीले कोशीटप्पु वन्यजन्तु आरक्षलाई निकुञ्ज बनाउन लागी परेको , वनपथ वनको बाटो बनाउनको लागि २० लाख र ट्रेन्च निर्माण गर्नको लागि १ करोड ५० लाख ,वनमरा झारहरु पशुले नखाने झारहरुको व्यवस्थापनको लागि ५ लाख, मानवको क्षति, हात्ती र अर्नाको दन्दको व्यवस्थापनको लागि ४५ लाख, हात्तीलाई घासै मैदान बनाउनको लागि २० लाख, सिमसार व्यवस्थापनको लागि ५ लाख उपलब्ध गराउने घाेषणा गरेको थियो भने अझैपनि हात्तीको आतंकलाई रोक्न कुनै किसिमको निर्माण कार्य तयारी नभएको स्थानीयबासीहरुले गुनासो गरेका छन् । उनीहरुले भने, एक शब्दमा भन्ने हो भने, आरक्षका हात्तीले दुख दिन्छन, नेताले आश्वासन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै