बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

इनरुवामा उराँव समुदायको करम पूर्व सन्ध्या सांस्कृतिक कार्यक्रम

 ४ आश्विन २०७८, सोमबार  

इनरुवा ४ गते सोमबार।
इनरुवामा सोमबारबाट करम पूर्व सन्ध्या सांस्कृतिक कार्यक्रम सुरु भएको छ । यो कार्यक्रम यहाँ बसोबास गर्ने नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठान सुनसरी इनरुवाको आयोजनामा शुरु भएको हो । करम पूर्व सध्या पर्व यहाँ बसोबास गर्ने उराँव समुदायहरुले मनाउने गर्दछन् ।

कार्यक्रम सुरु हुनु अगाडी विहान हजारौंको संख्यामा उराँवहरुले आफ्नो जातीय पहिरण भेषभुषा सहित इनरुवामा वृहत उराँव पोशाक(पहरिण) प्रदर्शन गरेका थिए ।

नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठान सुनसरी इनरुवाको प्राङ्गणमा भएकको कार्यक्रममा सुनसरीका उराँवहरुले पुरुषहरु धोती, गम्छाको पगरी र आफ्नै पहिरणमा र महिलाहरु रातो र सेतो सारी, हातमा चादीको चुरा, घाटीमा हसुली, तिलहरी, पाखुरामा गोफ(गहना) सहित सजिएर सहभागि भएका थिए ।

एक महिनासम्म मनाइने करम पुजाको विधिवत सुरु गरेको र त्यसको झल्को दिनका लागि ५ वटा झाकी समूह सहित उराँव कलाकार, साहित्यकार, कलाकर्मी, शिक्षक, वुद्धिजिवि र अगुवाहरुको उपस्थितीमा करम पूर्व सन्ध्या कार्यक्रम सम्पन्न गरेको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिएका छन् । उनले, करम पूर्व सन्ध्या कार्यक्रमको मुख्य उद्देश्य जाति भित्रको विविधतालाई एकरुपतामा कायम गरी भाषा संस्कृति, पहिचान, करम पुजाको विधि लगायतका गतिविधिहरु नयाँ पुस्तामा हस्तान्तरण तथा सिकाईका लागि सहयोग पुग्ने बताए।

करम पूर्व सन्ध्या कार्यक्रममा आफ्नो कला कौशल , गीत नृत्य, पहिरण, बाजागाजा, पोसाक, मौलिक हातहतियार, कृषि औजार, जिविकोपार्जन गर्ने सामग्री(माछा मार्ने जाल, भाडो, खुर्पी, कोदालो, हल्लो) सहितको प्रदर्शन गरिएको नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका सचिव रामलाल उराँवले जानकारी दिए ।

विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमका मनाइने करम पुजाले उराँवहरुलाई जोडेने भएकाले पूर्व सन्ध्या कार्यक्रम गरेको प्रतिष्ठानका सल्लाहकार नुनुलाल उराँवले बताए ।

कार्यक्रमको प्रमुख अतिथि इनरुवा नगरपालिका उपप्रमुख जमुना गौतम पोखरेलले उराँवहरुको हरेक कार्यक्रम र आरक्षणका लागि पहल गर्ने तथा सार्थकताका लागि शुक्रबार नगरक्षेत्रमा सार्वजनिक विदा समेत दिएको बताइन् । उनले, उराँवहरुको हक, अधिकार र पहिचानका लागि नगरपालिकाको तर्फबाट हुने सबै खालका सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् उनले, करम पूर्व सन्ध्याको अवसरमा शुभकामना समेत दिएकी थिइन्।

विशेष अतिथि इनरुवा नगरपालिका वडा न ५ का अध्यक्ष अन्जनी पोखरेलले उराँवहरु नेपालका धर्ती पुत्र भएकाले उनीहरुको हरेक क्षेत्रमा प्रतिनिधित्व आवश्यक रहेको बताए । वडा अध्यक्ष पोखरेलले करम पूर्व सन्ध्याको अवसरमा शुभकामना समेत दिएका थिए ।

त्यसैगरी प्रतिष्ठानका उपाध्यक्ष जयप्रकाश उराँव, सचिव रामलाल उराँव, सल्लाहकार नुनुलला उराँव, श्रीमती कुमारी शरना उराँव, परमेश्वर उराँव, राजकुमार उराँव, जयकुमार उराँव, बासुदेव उराँव, ब्रहमदेव उराँव, सदस्यहरु देवप्रकाश उराँव, जयप्रकाश उराँव र दुर्गानारायण उराँव लगायतकाले करम पूर्व सन्ध्याको अवसरमा शुभकामना दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै