बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

जिम्मेवार पदको पालना गर्न सक्ने खुबी नेतामा हुनुपर्छ : सलामत राईन

 ६ आश्विन २०७८, बुधबार  

हाम्रो देशमा विकासको असल योजनाभन्दा पनि राष्ट्रिय रूपमा आर्थिक क्षति र मानवीय क्षति बढी पु¥याई जेल जीवन बिताउनुपरेको अपराधी नेता छानिने प्रचलन छ । हत्या, हिंसा, अपहरण, लुटपाट, भ्रष्टाचार गरी अधिक धन कमाउन सफल व्यक्तिले नेपालमा राजनीतिक दलको टिकट पाउँछन् र पैसामा भोट किनेर वा बुथ क्याप्चर गरेर बढी मत ल्याई विजयी घोषणा गर्ने गैरप्रजातान्त्रिक प्रणाली हाबी छ।

देशका नागरिकको आवश्यकता, समस्या, शान्ति र समृद्धिका बारेमा नसोच्ने र आफ्नो स्वार्थमा लागेकालाई नेतृत्वदायीको भुमिका निभाउन पदक बनाइन्छ। त्यसपछि उनमा जिम्मेवार पदको पालना गर्न सक्ने खुबी हुँदैन। ती नेतृत्वकर्ता असल नेतृत्व गर्न सकिरहेको हुदैन। असल नेतृत्व गर्न सक्ने सक्षमता अभिवृद्धिको लागि चार गुण आवश्यक हुन्छ। योजनाकार, दूरदृष्टि, सामूहिक नेतृत्व, अनुशासन र कानुनको पालना यी चार गुण नेतामा हुनुपर्ने देखिन्छ तर खै नेपालका नेतामा हुँदैन खास सत्तामा गएपछिका नेतालाई लिन सकिन्छ।

झूटा आश्वासन र चुनावमा बाँडेको पैसाको भरमा नेता चुनिने गरिन्छ, जसका लागि न योजना आवश्यक पर्छ, न त अनुशासित व्यक्तित्व। विवेकशील नागरिक भएको देशमा योजनाविहीन नेताहरू पाउन मुस्किल हुन्छ, उनीहरू राजनीतिमा अगाडि बढ्ने आँट्न नै गर्न सक्दैनन्। तर विश्वमै हाम्रो देश हो जहाँ चोर अपराधीलाई छिट्टै नेतृत्व गर्ने जिम्मेवारी बनाइन्छ अनि त्यसको नतिजा पदको दुरुपयोग गरिएको अवस्था जहाँत्यहीँ देख्न सकिन्छ। स्थानीय सरकारमा बसेका नेता देखि केन्द्रसम्म का नेतामा जिम्मेवारी पद सम्हाल्ने खुबी लोपोन्मुख भएको हुन्छ।

चुनावका एक–दुई दिनअगाडि भोज, प्रतिव्यक्ति पैसा वितरण र अन्त्यमा बुथ क्याप्चर गर्नेसम्मका हतकण्डा प्रयोग गरी नेता चुनिने र चुनिसकेपछि प्रजातन्त्रको व्याख्या गर्ने गैरबौद्धिक संस्कार नेपालमा फैलँदै गइरहेको छ।कुनै पनि दीर्घकालीन सोच र गन्तव्य नभएका राजनीतिज्ञले देशको विकासलाई समेत गतिहीन बनाउँछन्, उनीहरू केवल व्यक्तिगत स्वार्थमा व्यक्तिगत सम्पत्ति संकलन गर्न मात्र तल्लीन हुन्छन्।

तसर्थ, मतभेद, फरकपन आदिलाई प्रजातान्त्रिक ढंगबाट निराकरण र व्यवस्थापन गर्न सक्ने क्षमतावान् व्यक्तिलाई नेतृत्वदायीको पदमा बसाउनु पर्छ। शान्ति, अमनचयन र समृद्धि कायम गर्न सक्ने र निर्णय, बोल्ने शब्द, तार्किक विचार, राष्ट्रिय हितको लागि पुर्ण राजनीतिक व्यक्तित्व मापन भएकोलाई जिम्मेवारीको नेतृत्वकर्ता बनाउनुपर्छ। योजना तथा कार्यक्रम के हो, किन आवश्यक छ भन्ने कुराको जानकारी नै नभएको व्यक्ति जनप्रतिनिधि बन्ने प्रचलन बढ्दै गएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै