बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

कहिले बन्छ मझौराको सडक, कुन दुलोमा बसे अध्यक्ष राईन ?

 ६ आश्विन २०७८, बुधबार  

महोत्तरी। मटिहानी नगरमा पुग्नेबित्तिकै सबैको मनमा एउटा प्रश्न उठ्छ, कहिले बन्छ होला यो सडक ? मटिहानी नगरपालिका वार्ड नम्बर ४ मझौरामा बाटो बिग्रेको एक दुई मात्र होइन वर्षौं भइसकेको छ।

सो सडक खण्डमा ठूल्ठूला खाल्डा छन्।  खाल्डोयुक्त सो सडकमा सवारीसाधनलाई आवतजावतमा ठूलो समस्या हुने गरेको छ। थोरै वर्षा भएपनि यहाँको सडकका खाल्डो पानीले भरिएको हुन्छ।  सो खाल्डे सडक भएर जाने सवारीले जमेको हिलो पानी हुत्याउँदा सडक छेउका जनता हैरान छन्।

यता आवतजावत गर्न ठूलै समस्या भोगिरहेका स्थानीयवासीले बताउँछन्। स्थानीयका अनुसार यस्तो दुर्गम बाटोमा पिच गरिदिएको हुन्थे भने सर्वसाधारणलाई आवतजावत गर्न सास्ती भोग्नु न पर्थ्यो । यस वार्डका अध्यक्ष मइनुदिन राईनले कानमा तेल हाने झै बेवास्ता गरेको स्थानीयको आरोप छन्।

चुनावका बेला घरदैलो ढोग्ने अहिले स्थानीयलाई जरुरी परेको बेला दुलोमा बसेर लुकेको छ। सडक बिग्रेकाले जनताले सास्ती भोग्नु पर्ने स्थानीयले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै