बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

रौतहटको दुर्गाभगवति गाउँपालिकाबाट कटुवा पेस्तौल सहित ४ जना पक्राउ

 ७ आश्विन २०७८, बिहीबार  

रौतहट असोज ७ गते बिहीबार।

रौतहट जिल्लाको दुर्गाभगवति गाउँपालिकाबाट कटुवा पेस्तौल सहित ४ जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । रौतहको दुर्गाभगवति गाउँपालिका वडा नम्बर २ भलुहीयाबाट कटुवा पेस्तौल सहित ४ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

रौतहट जिल्लाको दुर्गाभगवति गाउँपालिका वडा नम्बर २ भलुहीयामा बस्ने २४ बर्षीय संजय साह सोनारले आफनै घरमा हातहतियार लुकाई छिपाई राखेको अवस्थामा पक्राउ गरेको हो। सूचनाको आधारमा प्रहरी टोली खटीएको निज संजय साह सोनारको घरको दोस्रो तल्लामा बालुवा भित्र बोरामा राखि लुकाई छिपाई राखेको १२ बोरको कटुवा पेस्तोल थान-१ र त्यसमा लाग्ने गोली थान-२ बरामद गरीएको छ ।

निज संजय साह सोनार र कटुवा पेस्तौल लुकाई छिपाई राख्ने कार्यमा संलग्न रौतहटको दुर्गा भगवति गाउँपालिकामा बस्ने २८ बर्षीय संजिव कुमार महतो, गा.पा. वडा नम्बर १ मा बस्ने १९ बर्षीय राजेश कुमार चौधरी र रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नम्बर ६ धरमपुरमा वस्ने २४ बर्षीय दिनेश महरा समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ |

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै