राष्ट्रिय युवा संघ धनुषाको प्रवेश कार्यक्रम सम्पन्न, १५० जनाले गरे पार्टी प्रवेश

धनुषा। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, धनुषा जिल्लाको पार्टी प्रवेश कार्यक्रम भएको छ ।
आज भएको जिल्ला स्तरीय पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १ सय ५० जना नेकपा एमाले राष्ट्रिय युवा संघमा प्रवेश गरेका हुन् ।
सो कार्यक्रमको अध्यक्षतामा युवा संघको जिल्ला अध्यक्ष क. राम उदार यादव, प्रमुख अतिथि अध्यक्ष क. राज किशोर यादव, विशिष्ट अतिथि एमालेको धनुषाको जिल्ला सचिव क. लक्ष्मी नारायण यादव, राष्ट्रिय युवा संघको राष्ट्रिय उपाध्यक्ष क. संजीव झा सूरज, अतिथिहरुमा क. उमा शंकर साह , क. सुरेश ठाकुर, क. हरि किशोर यादव, युवा संघका सचिवालय सदस्य क. जानी खान मधेशी, युवा संघका केंद्रीय सदस्यहरु क. लव कुमार यादव, क. रोशन यादव, दिलदार हुसेन, संजय यादव, रमा शंकर यादव, आदेश यादव लगायत धनुषाका युवा संघ र एमाले का सदस्यहरुको उपस्थिति रहेकोे थियो।