बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

सेनेटरी प्याड मुल्य बृद्धिको बिरुद्ध बाँकेका युवाहरुले सरकारलाई ध्यानाकर्षण गराउने

 १० आश्विन २०७८, आईतवार  

नेपालगन्ज,१० गते ।
सरकारले सेनेटरी प्याडमा गरेको मुल्य बृद्धिको बिरुद्धमा नेपालगन्ज उपमहानगरपालिकाका युवाहरुले बिरोध जनाउने भएका छन् । आज पत्रकार सम्मेलनको आयोजना गरि यही असोज १२ गते बिरोध ¥यालीको आयोजना सहित जिल्ला प्रशासन कार्यालय र आठ वटै स्थानीय तहमा ज्ञापन पत्र बुझाईने कार्यक्रम आयोजना गरिएको युवा अभियान्ता श्वेता गुरुङले जानकारी दिईन् ।
नेपालगन्जका युवा अभियान्ताहरुले सांकेतिक बिरोध प्रर्दशन कार्यक्रम गरिने र सरकारलाई ध्यानाकर्षण गरिने जिल्ला बाल क्लब सन्जालका अध्यक्ष मेनका रावतले जानकारी दिईन् ।
नेपाल पुरुष प्रधान देश भने जस्तै प्रत्येक स्वास्थ्य चौकीबाट निशुल्क रुपमा कण्डम बितरण गरेको छ । तर महिलाहरुलाई अति आवश्यक रुपमा चाहिने सेनेटरी प्याडमा सरकारले करबृद्धि गरेको कारण सांकेतिक बिरोध प्रदर्शन गरिने युवा अभियान्ता अन्जना चर्तुवेदीले बताईन् ।
साँंकेतिक बिरोध प्रदर्शन गरि नेपाल सरकारले तत्काल रुपमा प्याडलाई निःशुल्क बितरण गर्न पर्ने अर्का अभियान्ता अरुणा गुरुङ्गले बताईन् । स्थानीय सरकारले प्रत्येक बिद्यालयमा सेनेटरी प्याडको ब्यवस्था भैसकेको बताएपनि त्यो अनुसार अझै सेवा सुबिधा नपाएको युवाहरुको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै