बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

गाउँ विकास मञ्च बसविट्टीको १३ औं वार्षिकोत्सब, विद्यार्थीसंग मनाइयो

 ११ आश्विन २०७८, सोमबार  

जनकपुर।  गाउँ विकास मञ्च बसविट्टीले आफ्नो १३ औं वार्षिकोत्सबको अवसरमा आइतबार श्री माध्यमिक विद्यालय बसविट्टीमा विद्यालय स्तरीय हाजिरी जबाफ प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । मञ्चको कोषाध्यक्ष पञ्चलाल मण्डलको अध्यक्षतामा महासचिव सुदिप मण्डलले सञ्चालन गरेको उक्त कार्यक्रममा स्थानीय समाजसेवी बिलट मण्डल, इश्वर मण्डल, राजकुमार सहनी, वडासदस्य राजकुमार पण्डित, मञ्चका सल्लाहकार जैसिलाल मण्डल, विद्यालयका प्रधानाध्यापक उमाकृष्ण कर्ण लगायत शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय तथा मञ्चका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा सहभागी जम्मा सोह्र जना विद्यार्थी मध्ये प्रत्येक समुहमा ४/४ जना पर्ने गरि दुधमती, कमला, बलान र कोसी नदीहरुको नामबाट चार वटा समुहमा बिभाजन गरिएको थियो । जम्मा २८ वटा प्रश्न सोधिएको कार्यक्रममा ११ अंक प्राप्त गरि बलान समूह प्रथम भएको छ । त्यसैगरी ८ अंक प्राप्त गरि दुधमती समूह द्वितीय, ४ अंक प्राप्त गरि कोसी तृतीय र २ अंकका साथ कमला अन्तिम भएको छ भने तीन वटा प्रश्नको जबाफ कुनै समुहले दिन सकेको थिएन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथ बिलट मण्डलले विद्यालयले मैदानमा रहेको रुख काटेर ठूलो गलती गरेकोले आज यस्तो प्रचण्ड गर्मीमा बसेर कार्यक्रम गर्नुपरेको बाध्यता आएको महसुस गराउँदै मैदानमा रुख र कक्षाकोठाहरुमा विद्यार्थीका लागि अविलम्ब पंखा लगाउनु पर्नेमा जोड दिनु भएको छ । सहभागी अधिकांश वक्ताहरुले अतिथिहरुले मञ्चको काम सराहनीय रहेको र यसलाई वर्षमा एकपटक होइन पटकपटक निरन्तरता दिनुपर्नेमा जोड दिएका छन । सहभागी सम्पुर्णलाई मञ्च द्वारा उचित पुरस्कार प्रदान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै