बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

मुख्यमन्त्री राउतले दिए जितिया पर्व शुभकामना, प्रदेश दुईमा महिलालाई सार्वजनिक विदा

 ११ आश्विन २०७८, सोमबार  

जनकपुरधाम। प्रदेश नम्बर २ सरकारले असोज १३ गते बुधबार महिलालाई सार्वजनिक विदा दिने भएको छ। मधेसका महिलाहरुको ठूलो पर्व जितियाको अवसर पारेर महिलाहरुलाई सार्वजनिक विदा दिएको हो।

सोमबार मुख्यमन्त्री लालबाबु राउतले जितिया पर्वको शुभकामना दिँदै असोज १३ गते महिलाहरुलाई सार्वजनिक विदा दिने बताएका हुन्। सन्तानप्रति आमाको स्नेह झल्काउने यस पर्वले प्रदेशभरि नै आस्था र प्रेम कायम गरोस् भनि मुख्यमन्त्रीले शुभकामना दिएका छन्।

जितिया पर्व सोमबारदेखि शुरु भएको छ। मंगलबार बिहानीपख आँगनमा घिरौलाको पातमा दही र केरा चढाएपछि यो ब्रत शुरु हुन्छ । यो ब्रत शुरु भएपछि महिलाहरु निराहार रहने गर्छन्। मंगलबार बिहानदेखि शुरु हुने उपवास बुधबार साँझ ५ बजेर १५ मिनेटसम्म कायम रहनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै