सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

यात्रुबाहक बस र विंगर ठोकिँदा १५ जना घाइते, दुईको अवस्था गम्भीर

 १२ आश्विन २०७८, मंगलवार  

कपिलवस्तुको बाणगंगा नगरपालिका–४ जितपुरमा यात्रुबाहक बस र विंगर ठोकिँदा १५ जना घाइते भएका छन्।

रुकुमबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख २४४८ नम्बरको बस र लु १ ज ३००६ नम्बरको विंगर मंगलवार विहान ६ बजेतिर ठोकिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए। दुर्घटनामा परी घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ।

घाइतेमध्ये दुई जनाको तिनाउ अस्पतालमा, तीन जनाको लुम्बिनी नर्सिङ होममा तथा एकको भैरहवा आँखा अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। सामान्य घाइते अन्यको भने कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको र केही डिस्चार्जसमेत भइसकेको उनले बताए।

गम्भीर घाइते हुनेमा विंगर चालक बाणगंगा नगरपालिका ८ का वर्षीय २३ का सुदन क्षेत्री र नाम नखुलेका सहचालकसमेत रहेका छन्।

मोडमा अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिए पनि घटनाबारे थप अनुसन्धान जारी रहेको निरीक्षक गुरुङले बताए। नेपाल टाईम्स

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै