बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

विश्वविद्यालयका आन्दोलनरत विद्यार्थीहरुले निकाल्यो चोकचोकमा विजयी र्‍याली

 १६ आश्विन २०७८, शनिबार  

राजर्षि जनक विश्वविद्यालय क्याम्पसका विद्यार्थीहरुको माग पूरा भएपछि विजयी र्‍याली निकालिएको छ ।

भौतिक उपस्थितिमा कक्षा सञ्चालनको माग गर्दै १५ दिन आन्दोलन गरेका विश्वविद्यालयका विद्यार्थीहरुले शुक्रबार जनकपुरको विभिन्न चोकमा विजयी र्‍याली निकालेको हो ।

त्यस्तै क्याम्पस प्रमुख विनोदकुमार कर्ण र उपकुलपति भरत झाको कार्यकक्षमा लगाइएको तालासमेत खोलेका छन् ।

आन्दोलनमा सहभागी रहेका विद्यार्थीहरुले आज खुसियाली मनाउँदै विजयी र्‍याली निकालेका हुन् ।

आइतबारदेखि भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने विश्वविद्यालयले जानकारी दिएको छ । कोरोना महामारीको विषम परिस्थिति कायमै रहेकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा सञ्चालन गर्ने विश्वविद्यालयले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।

विश्वविद्यालय क्याम्पसमा सञ्चालित शैक्षिक कार्यक्रम बीपीएच दोस्रो सेमेष्टर, बीएसी सीएसआइटी दोस्रो र चौथो सेमेष्टरको प्रयोगात्मक परीक्षा सञ्चालनमा रहेको हुँदा सो बाहेकका सम्पूर्ण शैक्षिक कार्यक्रमहरुको भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ ।

देशभरका शैक्षिक संस्थामा भौतिक उपस्थितिमै कक्षा सञ्चालन सुरु भइसकेपनि यहाँका उपकुलपति प्राध्यापक भरत झा, कार्यवाहक क्याम्पस प्रमुख विनोदकुमार कर्ण र रजिष्ट्रार महेन्द्रप्रसाद यादवले अनलाइन कक्षा सञ्चालनको नाममा विद्यार्थीलाई कोर्सको तयारी नै नगराई बाहिरका शिक्षकसँग कक्षा सञ्चालन गराइरहेको आरोप लगाएर विद्यार्थीहरु आन्दोलित भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै