बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

प्रदेश-२ समन्वय परिषद् कतारको प्रथम महाधिवेशनमा को को भए पदाधिकारी ? पुर्णपाठ

 १६ आश्विन २०७८, शनिबार  

रामएकवाल राम  दोहा – प्रदेश न.-२ समन्वय परिषद कतारको प्रथम महाधिवेशन मो. नियाज शेखको अध्यक्षतामा  भव्य रुपमा सफल भएको छ।

गत शुक्रबारका दिन दोहाको क्राउन प्लाजा होटलको सभाहलमा भएको सो कार्यक्रम  मो. नियाज शेखको सभापतित्वमा प्रदेश नम्बर २ समन्वय परिषद कतारको प्रथम महाधिवेशन भब्य रुपमा सम्पन्न गरेको छ। प्रथम अधिवेशनबाट मो. नियाज शेखकोको नेतृत्वमा २९ जनाको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।

नवकार्यसमिति कार्यकाल २०२१-२३ का पदाधिकारी एवं सदस्यीयहरुको नामावली:-

(१) अध्यक्ष – मो. नियाज शेष ( महोतरी )
(२) उपाध्यक्ष – श्री दुर्गा नन्द पासवान ( सप्तरी )
(३) उपाध्यक्ष -मो. मेराजुद्दिन ( सर्लाही )
(४) उपाध्यक्ष – जिकरूललाह खान ( रौतहट )
(५) महासचिव – श्री शिव कुमार महतो ( सिरहा)
(६) सचिव- मो. शाह नवाज पर्वेज(महोत्तरी )
(७) सह- सचिव – मो. अलिहुसैन राईन ( धनुषा )
(८)कोषाध्यक्ष – मो. जाफर हुसैन खान ( धनुषा )
(९) सह- कोषाध्यक्ष – श्री उदय कुमार मण्डल ( सिरहा)
(१०) युवा संयोजक – मो. तारिफ हुसैन ( वारा)
(११) महिला संयोजक – श्री बबिता कर्ण
(१२) प्रवत्ता – श्री अवधेश कुमार मण्डल ( धनुषा )
(१३) सदस्य – तारिफ ईस्लाम ( पर्सा )
(१४) सदस्य – श्री संजय कुमार पासवान ( सप्तरी )
(१५) सदस्य – मो. मन्नान ( सर्लाही )
(१६) सदस्य – मो. जियावुल मुस्तफा ( महोत्तरी )
(१७) सदस्य – मो अब्दुल खालिद ( महोत्तरी )
(१८) सदस्य – श्री जय प्रकाश यादव ( सिरहा)
(१९) सदस्य – मो. जिलानी साफी ( धनुषा )
(२०) सदस्य – मो. अनवर अहमद खाँन ( धनुषा )
(२१) सदस्य – श्री संजय कुमार यादव ( रौतहट)
(२२) सदस्य – श्री दिलीपकुमार मण्डल ( महोत्तरी )
(२३) सदस्य – मो. जावेद हुसैन ( सिरहा)
(२४) सदस्य – श्री दिनेश अरगरिया ( धनुषा)
(२५) सदस्य – मो. ईस्लाम साफी ( धनुषा )
(२६) सदस्य – मो. सब्बिर अालम ( रौतहट )
(२७) सदस्य – मो. मुन्ताज अालम ( रौतहट )
(२८) सदस्य – श्री लाल बाबु राम ( धनुषा)
(२९) सदस्य – मो. कलाम हुसैन ( सर्लाही )

यस कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश -२ को मुख्यमन्त्री लालबाबु राउत तथा प्रदेश -२ कै कृषि राज्यमन्त्री माननीय श्री योगेन्द्र यादवको भर्चुअल ( जुम) मार्फत आसन्न ग्रहण गर्नुभएको थियो।

उक्त कार्यक्रममा प्रवासी नेपाली मंच कतार का अध्यक्ष श्री चाणक्य पोखरेल ,प्रवासी नेपाली ए. मंच का अध्यक्ष श्री राम हरि गैरे ,हेल्प मधेसी कतार च्यापटरका अध्यक्ष श्री राम कल्याण महतो , नेपाली मुस्लिम समाज का अध्यक्ष  ईन्जिनियर एयुब खान , जन प्रगतिशील मंच का मोहन कार्की , नेपाली समाज कतारका अध्यक्ष तेज मोक्तान , धनुषा सेवा समाज कतार का अध्यक्ष मो. जमिर नदाफ , नेपाली महिला समाज कतारका अध्यक्ष श्री सरिता भण्डारी तथा सिरहा सेवा समिति दोहा कतार का अध्यक्ष श्री प्रेम कुमार मण्डल , यादव समाज कतार का प्रतिनिधि श्री अभिमन्यू यादव र प्रवासी कुशवाहा कल्याण का सल्लाहकार श्री कमलेश महतो अतिथि लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि पत्रकारहरुको उपस्थिति रहेको थियो।कार्यक्रमको प्रमुख अतिथि एव नेपाली समाज कतारका इन्चार्ज मनिष यादवले शुभकामना मन्तव्य राख्दै सम्पूर्ण संघ संस्था सबै भन्दा पहिले आपसी सद्भाव भए मात्रै समाज परिवर्तन गर्नको निम्ति हामिले ठुलो भुमिका निर्वाह गर्न सक्छौ।कसैसँग मन मिल्छ भने मन मिलाएर साथमा समन्वय गर्ने यदि कसैसङ्ग मन मिल्दैन भने उनिहरु देखि अलग भएर सकारात्मक सन्देश दिनको निमित्त हाम्रो समाजलाई अगाडि लिएर जाने तथा विचार मिल्नेहरु सङ्ग समन्वय गर्दै संघ संस्था सबै साथीहरू सङ्ग सद्भाव राख्दै हाम्रो समाजलाई अगाडि बढाउने बताउनु भयो।विधिवत रुपमा राष्ट्रिय गाण वाचन,मैन गरि कार्यक्रम  संचालन गरेको थियो भने  साथै विभिन्न संघ संस्थाका व्यक्तिहरुलाई  प्रसंशा पत्र सहित सम्मान कार्यक्रम समेत रहेका थिए। कार्यक्रमको अन्तमा कार्यकाल २०२१-२३ का लागि नव निर्वाचित अध्यक्ष मो. नियाज शेखले कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्‍याउने सबैप्रती तथा उपस्थित अतिथिहरुलाई बिशेष धन्यवाद दिनु हुँदै प्रदेश नम्बर २ अन्तरगर्त पर्ने सबै जिल्लाहरुलाई समेटेर अन्य संस्थाहरु संग भाईचाराको सम्बन्ध, सद्भावलाई प्रगाढ गर्ने, सामाजिक सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउँदै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो।उक्त कार्यक्रमको कार्यक्रम संचालन प्रदेश -२ समन्वय परिषद कतारका महा सचीव श्री शिव कुमार महतो ज्यूले गर्नु भएको थियो।कोभिड-१९ को रोकथाम तथा नियन्त्रण गर्न कतार सरकारले लगाएको नियमलाई पालना गरि आयोजना गरिएको कार्यक्रममा उपस्थित प्रदेश -२ समन्वय परिषदका प्रथम उपाध्यक्ष श्री दुर्गानन्द पासवानले जानकारी दिनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै