प्रदेश २ को आठवटै जिल्लामा मसाल जुलुस, अख्तियार प्रमुखको राजीनामा माग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छापा मारेको विरोधमा प्रदेश २ का आठै जिल्लामा सत्तारुढ जनता समाजवादी पार्टीले शनिबार साझ मशाल जुलुस निकालेका छन्।
जसपा प्रदेश २ मधेश कमिटीले एक विज्ञप्ती जारी गर्दै आजदेखि आन्दोलनको घोषणा गरेको हो । आन्दोलनको कार्यक्रम अन्तर्गत आज साँझ प्रदेश २ को आठवटै जिल्लाको सदरमुकाममा मसाल जुलुस र भोलि आइतबार सदरमुकामहरुमा प्रदर्शन गर्ने जसपाले जनाएको छ ।
लोकप्रिय कार्यक्रम बेटी पढाउ, बेटी बचाउ कार्यक्रमलाई बदनाम गराउन अख्यितारले छापा मारेका आरोप लगाउँदै जसपाले आपति समेत जनाएको थियो। छापामार शैलीमा अख्तियारले छापा मारेको भन्दै त्यसको विरुद्धमा सत्तारुढ जसपा मधेस प्रदेश समितिले आह्वान गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत आज साँझ मशाल जुलुस निकालिएको छ ।
बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत भएको साइकल खरिदको कागजात अख्तियारले लगेको थियो। जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आन्दोलनको घोषणा गरेको छ ।